एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले वेल्सलाई उसैको मैदानमा पराजित गरेको छ । बिहिबार राति भएको खेलमा स्पेनले वेल्सलाई ४ - १ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा फ्रान्सिस्को अल्कासरले दुई गोल गरे । यस्तै कप्तान सर्जियो रामोस र मार्क बार्टाले एक एक गोल थपे । वेल्सका साम भोक्सले एक गोल फर्काए ।
वेल्सविरुद्ध स्पेनको खेलको आठौं मिनेटमा अल्कासरको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । १९ औं मिनेटमा रामोसले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । खेलको २९ औं मिनेटमा अल्कासरले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा स्पेन ३ - ० ले अघि रह्यो ।
दोस्रो हाफमा स्पेनले एक गोल गर्दा एक गोल बेहोर्यो । खेलको ७४ औं मिनेटमा बार्टाले गोल गर्दै स्पेनलाई ४ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा वेल्सका भोक्सले एक गोल फर्काएपनि खेल स्पेनले ४ -१ ले आफ्नो पक्षमा बनायो ।