काठमाडौं ।इंग्ल्सि प्रिमियर लिगको यो सिजनको पहिलो ‘हेभिवेट फाइट’ आइतबार हुँदैछ र त्यसमा एक अर्कोको आमना सामना हुनेछ, लिभरपुल र चेल्सी । लिग उपाधिका दुई ठूला दावेदारबीच यो खेल हुन लागेको हो । चेल्सीले आफ्नो पछिल्लो खेलमा आर्सनललाई हराएको थियो र त्यसमा रोमेलु लुकाकुले डेब्यु पनि गरे ।
अनि गोल पनि । कीर्तिमान १३ करोड ३० लाख डलरमा उनी फेरि स्टायनफोर्ड ब्रिजमा फर्केका हुन् । आफ्नो पहिलो बसाईमा असफल सावित लुकाकु फेरि चेल्सी आएयता आफूलाई सिद्ध गर्ने चर्को प्रयासमा पक्कै छन् । भर्खरै २८ वर्ष पुगेका लुकाकु इन्टरबाट आएयता पहिलोको तुलनामा निकै पूर्ण खेलाडी देखिएका छन् ।
चेल्सीसँग लिभरपुल त्यस्ता दुई टिम हुन्, जसले लिगको सुरुआती दुवै खेल जितेको छ । यस्तै उपलब्धी वेस्ट ह्याम, टोटनहम र ब्राइटनले पनि हात पारेका छन् । तर लिभरपुल र चेल्सीले हात पारेको फाइदा के भने उनीहरू अहिले नै म्यानचेस्टर युनाइेटडमाथि दुई र म्यानचेस्टर सिटीमाथि तीन अंकले अगाडि छन् ।
यसपल्ट एउटा के तथ्य के निश्चित छ भने लुकाकुले एनफिल्डमा इमिरेट्सको तुलनामा अझ ठूलो चुनौती सामना गर्नेछन् । यस्तो किन भन्दा लिभरपुसलका लागि उसका सबैभन्दा विश्वासिला डिफेन्डर भर्जिल भान डाइक मैदानमा फर्किसकेका छन्, चोटबाट मुक्त भएर । उनी आएयता लिभरपुलले दुई क्लिन सिट पनि राखेको छ ।
त्यसैले सिजनको यो पहिलो ‘हेभिवेट फाइट’ धेरै अर्थमा भान डाइकविरुद्ध लुकाकुको खेल पनि हुनेछ्, जुन खुबै हेर्नलायक हुनेछ ।
–एएफपीको सहयोगमा ।