काठमाडौं । भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपाल टोली बंगलादेशसंग पराजित भएको छ । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पराजित भएपनि नेपाल उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ ।
साविक विजेता बंगलादेश समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । नेपालले समुह चरणमा ३ अंक जोड्न सक्यो । बंगलादेशले ६ अंक जोड्यो । समुह चरणका दुवै खेल गुमाएको पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ ।
बंगलादेशकी मोसामात सिरात जाहान सोप्नाले १६ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् । ३२ औ मिनेटमा श्रीमोती कृण्णरानी सरकारले दोस्रो गोल गर्दै बंगलादेशलाई पहिलो हाफमै २–० को स्थितीमा पु¥याएकी थिईन् ।
दोस्रो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले एक सान्त्वना गोल फर्काईन् ।
अब नेपालले समुह एको विजेता भारतसंग फाईनल प्रवेशकालागि प्रतिस्पर्धा गर्नेछ । समुह विजेता बंगलादेशले समुह एको उपविजेता भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।