एजेन्सी । क्रिस्टल प्यालेसका डिफेन्डर जोएल वार्डले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
प्रिमियर लिग क्लब क्रिस्टलले डिफेन्डर वार्डले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
उनले थप दुई वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेको क्रिस्टलले जनाएको छ ।
सम्झौता नवीकरणसँगै वार्ड सन् २०२३ सम्म क्लबमा रहने छन् ।
इंग्लिस डिफेन्डर वार्ड २०१२ बाट क्रिस्टलमा रहेका छन् ।
क्रिस्टलका लागि उनले २ सय ७३ खेल खेलेका छन् ।
३१ वर्षीय वार्डले गत सिजन प्रिमियर लिगमा २६ खेल खेलेका थिए ।
