एजेन्सी । इटालियन क्लब नापोलीका डिफेन्डर जियोभानी डी लोरेन्जोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
सिरी 'ए' क्लब नापोलीले डिफेन्डर लोरेन्जोले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
नयाँ सम्झौतासँगै लोरेन्जो २०२६ सम्म नापोलीमा रहने छन् ।
इटालियन डिफेन्डर लोरेन्जो इम्पोलीबाट २०१९ मा नापोली आएका थिए ।
इटालीले युरोकपको उपाधि जित्दा उनले ६ खेल खेलेका थिए । उनले इटालीका लागि १३ खेल खेलेका छन् ।
२७ वर्षीय राइट ब्याकले नापोलीका लागि सिरी 'ए' मा ६९ खेल खेल्दा ६ गोल गरेका छन् ।
