काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ललितपुरले अग्रता बनाएको छ ।
खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका हुन् ।
मैदानको दायाँ भागको २५ यार्डबाट कमलले गोल गरेका थिए ।