शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जुझारु टिम, थाकेको नेतृत्व

शनिबार, २८ असार २०८२खेलपाटी संवाददाता
जुझारु टिम, थाकेको नेतृत्व
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबलले कहिल्यै नभोगेको कठिन समय भोगिरहेको छ। एकातिर लगातार खेल र बलियो प्रतिस्पर्धाको आशा छ। अर्कातिर त्यसलाई संस्थागत सफलतामा बदल्न नसक्ने नेतृत्व छ। 

बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले देश फर्कनुअघि एउटा अन्तर्वार्ता दिए। त्यो अन्तर्वार्ता मात्र थिएन, त्यो नेपाली महिला फुटबलको थकित व्यवस्थापनप्रतिको धक्काविरुद्धको सनसनी भनाइ थियो।

उनले मागेका कुरा सामान्य थिए। प्रशिक्षणमा प्रयोग हुने उपकरण, जीपीएस ट्र्याकर, विश्लेषणका लागि क्यामेरा, व्यावसायिक सहयोगी स्टाफ र खेलाडीलाई राम्रो होटल। यस्ता कुरा आधुनिक फुटबलको आधार हुन्। तर, यस्तो माग नै विवादको विषय बन्यो। 

प्रशिक्षकले आफ्नो भूमिका अनुसार सुझाव दिए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्यसको जवाफ पत्रकार सम्मेलनमार्फत फर्काउने बाटो रोज्यो। यो प्रतिक्रियाले एकदमै गहिरो सन्देश दिएको छ। 

नेपाली महिला फुटबलबारे सुधार माग्नेसँग मात्र होइन, सुधारका कुरा गर्नेसँग पनि असहिष्णुता छ। जुन बेला वाइल्डले दीर्घकालीन योजना र संरचना बनाउने माग गर्दै थिए, त्यो बेला एन्फा उनलाई विवादको पात्र बनाउँदै थियो। यसको अर्थ प्रष्ट छ– एन्फालाई अहिलेको अस्तव्यस्तताको बचाउ गर्न सजिलो लाग्छ, सुधार गर्न गाह्रो।

वाइल्डले भनेका अधिकांश कुराहरू नयाँ थिएनन्। अघिल्ला  प्रशिक्षकहरूले पनि यस्तै कुरा राखेका थिए। तर, फरक के थियो भने यो पटक त्यो आवाज मुखर र प्रमाणित थियो। तासकेन्दमा नेपाली टिमले देखाएको फिटनेस, अनुशासन र प्रदर्शनले स्पष्ट गर्‍यो कि यी कुराहरूको माग त आधारभूत थिए।

तर, प्रशिक्षकका ती मागलाई लिएर झन् चर्को आलोचना भयो। यसरी बोल्नु ठीक भएन, कप्तानको निर्णयमा विवाद ल्याउनु हुन्न थियो... यस्ता यस्तै टिप्पणीतिर बहस मोडियो। हो, कप्तानको विषयमा उनले जति स्पष्ट बोले, त्यो नरम हुन सक्थ्यो। 

अञ्जिला तुम्बाप्पो सुब्बाजस्तो अनुभवी खेलाडीलाई बेपत्तासरी हटाउने निर्णय प्रक्रिया स्पष्ट र सम्मानजनक हुनुपर्ने थियो। तर, त्यो अपवादमा समग्र योगदानको आँकलन गुम्नु हुँदैन। वाइल्डको बौद्धिक नेतृत्व र रणनीतिक दृष्टिकोण यो टिमका लागि अत्यन्तै उपयुक्त थियो।

उनी फर्किएपछि हुनुपर्ने कुरो थियो– अब महिला फुटबलको लक्ष्य के? टिमको भविष्य कतातिर लाने? साफ महिला च्याम्पियनसिप कसरी जित्ने? एसियन कपको नतिजाबाट के सिक्ने? नयाँ पुस्तालाई कसरी तयार पार्ने? तर, एन्फाले यस्ता रणनीतिक विषयमा कुनै बहस नै थालेन। बरु प्रशिक्षकलाई भाषिक रूपमा खुइल्याउन तल्लीन रह्यो।

अझ अचम्म त तब लाग्छ, जब एन्फाभित्रैका केही पदाधिकारीहरू सुधारको भाषा सुन्ने बित्तिकै प्रतिरक्षात्मक शैलीमा उत्रिन्छन्। त्यही कारण नेपालमा फुटबलका सुधार चाहनेहरू आलोचनाको पात्र बन्छन्। जबकि अवस्थालाई यथावत् राख्नेहरू ‘अनुभवी’ र ‘सम्भावनाशील’ मानिन्छन्।

विवाद नै आए पनि नेपाली महिला फुटबलका अधिकांश खेलाडीहरूले वाइल्डको प्रशिक्षणलाई स्वीकार गरेका छन्। उनीहरूको भनाइ स्पष्ट छ– यति गहिरो प्रशिक्षण शैली, विश्लेषण र फिटनेसप्रति यति जोड यसअघि कसैले दिएका थिएन। 

तर, एन्फाले ती खेलाडीको भावनालाई पनि बेवास्ता गरेको छ। विदेशी प्रशिक्षक आउँदा नेपाली प्रशिक्षकहरू डराउने, आलोचना गर्ने र एन्फा पनि उनीहरूको पक्षमा उभिने पुरानै चरित्र फेरि दोहोरिएको छ।

यो क्रम फेरिन जरुरी छ। प्रशिक्षक बदल्न सजिलो छ। तर, सोच बदल्न सकिएन भने जति प्रशिक्षक फेरिएर पनि केही परिवर्तन हुँदैन। जतिसुकै आलोचना सहे पनि वाइल्डले एक गम्भीर चेतावनी दिएर गएका छन्– यदि एन्फाले रणनीतिक दृष्टिकोण बनाउँदैन भने यो ‘गोल्डेन जेनेरेसन’ पनि इतिहासमै सीमित हुनेछ।

अहिलेको टिमसँग ऊर्जा छ, क्षमता छ र भविष्य बनाउने आधार पनि छ। तर, संस्थागत इच्छाशक्ति बिना त्यो सम्भव नै छैन। यसैले अब एन्फा र खेलकुद नेतृत्वले आफैंलाई सोध्नुपर्ने समय आएको छ,‘हामी विवादको व्याख्या गर्न बस्ने हो कि भविष्यको योजना बनाउन?’

उत्तर प्रष्ट छ अब काम गर्नुपर्छ। आलोचना होइन, योजना बनाउने नेतृत्वको खाँचो छ। र, त्यसका लागि संवाद होइन, व्यवहार बदल्न जरुरी छ। नत्र यो ‘गोल्डेन जेनेरेसन’ पनि एउटा छुटिएको अवसरमा सीमित भएर मात्र नरहला भन्न सकिँदैन।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर

Bajaj Pulsar Motorcycle Ad
रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो