आर्सनलको कीर्तिमानी प्रदर्शन
बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता
-1761788068036.webp&w=3840&q=75)
काठमाडौं। आर्सनलका १५ वर्ष ३०२ दिनका म्याक्स डाउम्यान क्लब इतिहासमा सबैभन्दा कान्छा सुरुआती खेलाडी बनेका छन्।
उनले आफ्नो नाम इतिहासमा लेखाउँदै लिग कपमा ब्राइटनविरुद्धको २–० को जितमा सुरुआती एकादशमा खेल्ने मौका पाएका थिए।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले यस खेलमा पनि केही प्रमुख खेलाडीलाई विश्राम दिएको थियो। तर, त्यसले प्रदर्शनमा खासै असर गरेन।
खेलमा इथान न्वानेरीले पहिलो गोल गरे। पछि डाउम्यानको स्थानमा मैदानमा प्रवेश गरेका बुकायो साकाले दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए।
यस जितसँगै आर्सनलले आफ्नो उत्कृष्ट लय कायम राख्दै लिग कपको क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेको छ।











-1761788249466.webp&w=3840&q=75)
-1761787756366.webp&w=3840&q=75)