न्युक्यासलको विवादास्पद गोल
बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। न्युक्यासलले टोटनह्यामलाई २–० ले पराजित गर्दै लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
तर, खेलको पहिलो गोल विवादास्पद रह्यो। पहिलो गोल फाबियन शारले कर्नर किकबाट हेडरमार्फत गरेका थिए।
तर, त्यो सेट–पिस टोटनह्यामका डिफेन्डर ड्जेड स्पेन्स आफ्नो जुत्ता लगाएर उठ्दै गर्दा नै खेलाइएको थियो। टोटनह्यामका खेलाडीहरूले रेफ्रीसँग विरोध जनाए पनि निर्णय यथावत् रह्यो।
खेलको दोस्रो गोल निक वोल्टेमाडेले हेडरमार्फत गरे। उनले गोलकिपर एन्टोनिन किन्स्कीलाई उछिन्दै बल जालीमा पठाएका थिए।
यस जितसँगै गत सिजनको लिग कप विजेता न्युक्यासल फेरि एकपटक शीर्ष आठमा पुगेको छ। यता, टोटनह्यामले प्रतियोगिताबाट बिदा लिएको छ।










-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)
-1761787756366.webp&w=3840&q=75)