कीर्तिमानी स्पेन
-1752288200.webp&w=3840&q=75)
काठमाडौं। युरो २०२५ महिला फुटबल च्याम्पियनसिपमा उपाधि दाबेदार स्पेनले शुक्रबार राति इटालीलाई ३–१ ले पराजित गर्दै पहिलो पटक समूह चरणका सबै खेल जित्ने कीर्तिमान बनाएको छ।
यद्यपि, पराजित भए पनि १२ वर्षपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको इटालीका लागि यो ऐतिहासिक क्षण रह्यो। इटालीले खेलको १०औं मिनेटमै डिफेन्डर एलिसाबेटा ओलिभिएरोको गोलमार्फत अग्रता लिएको थियो। त्यसअघि कप्तान एलिना लिनारीले हेडरमार्फत प्रहार गरेको बल पोस्ट ठोकिएको थियो। तर, स्पेनले त्यसको चार मिनेटमै बराबरी गर्यो।
४९औं मिनेटमा स्पेनले अग्रता लियो र अन्तिम थपिएको समयमा एस्थेर गोन्जालेजले गोल गर्दै स्पेनको जित सुनिश्चित गरिन्। जारी प्रतियोगितामा उनको यो चौथो गोल हो।
स्पेनले समूह चरणमा पोर्चुगललाई ५–० र बेल्जियमलाई ६–२ ले हराएको थियो। योसँगै स्पेनले समूह चरणमा इङ्ल्यान्डले गरेको १४ गोलको कीर्तिमान (युरो २०२२) बराबरी गर्यो।









-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)
