काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा विराटनगरले २-० को अग्रता बनाएको छ ।
खेलको ५७ औं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै विराटनगरलाई २-० को अग्रता दिलाएका हुन् ।
यस अघि बिक्रम धिमालले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए ।
उनले खेलको १५ औं मिनेटमा गोल गरेका हुन् ।