• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फुटबल क्लब अब प्राइभेट लिमिटेडमा जान सक्ने
हिम बिक्रम केसी
शनिबार, फागुन १५, २०७७ हिम बिक्रम केसी
फुटबल क्लब अब प्राइभेट लिमिटेडमा जान सक्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गैरसरकारी संस्थाको रुपमा दर्ता भएर फुटबल गतिविधि सञ्चालन गरिरहेका नेपालका फुटबल क्लबलाई प्राइभेट लिमिटेडमा लैजान पहल थालेको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर गैरनाफामुलक रुपमा सञ्चालित नेपालका अधिकांश फुटबल क्लबलाई नीजि रुपमा पनि सञ्चालन गर्न पाउने गरि एन्फाले पहल थालेको हो ।

एसियाली फुटबल महासंघ (एएफसी)को नियमावली अनुसार नेपालका अधिकांश सामुदायिक क्लबलाई प्रालीमा लैजान एन्फाले छलफल प्रक्रिया समेत अघि बढाएको छ ।
नेपालका शीर्ष डिभिजन सहित घरेलु फुटबलका अधिकांश क्लब सामुदायिक क्लबको रुपमा दर्ता छन् । सामुदायिक क्लबले फुटबलसंगै अन्य सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आएका छन् ।

एएफसीको नियमावली अनुसार फुटबल क्लबको उद्धेश्य फुटबलसंग सम्बन्धित गतिविधिमात्र हुनुपर्ने उल्लेख छ ।

‘एएफसीले गाइडलाईन अनुसार फुटबल क्लबको उद्धेश्यमा फुटबल खेल्ने बाहेक अन्य गर्न पाईदैन ।’ एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले खेलपाटीसंग भने, ‘फुटलब क्लबको विधानमा फुटबल गतिविधि बाहेक अरु गर्न पाईएन । त्यसैले फुटबलको छुट्टै संस्था हुनुपर्नेछ ।’

‘लेखापरिक्षणमा समेत आम्दानी र खर्च समेत फुटबल सम्बन्धित मात्र हुनुपर्नेछ । अब क्लबहरुले विधान संशोधन गरेर फुटबलको रुपमा मात्र दर्ता गर्न पर्ने देखिएको छ । यसको अन्तिम लक्ष्य भनेको क्लबलाई नीजि रुपमा सञ्चालन गर्नेनै हो ।’ शेर्पाले भने ।

एन्फाले घरेलु फुटबलमा एएफसी क्लब लाईसेन्सिङ कार्यान्वयन गर्दैछ । भर्खरैमात्र विभागीय टिम आर्मी एएफसी लाईसेन्स प्राप्त गर्ने पहिलो क्लब बनेको छ । एन्फाले यस वर्षदेखि सबै ए डिभिजन क्लबमा एन्फाको क्लब लाईसेन्स लागु गर्दैछ ।

नेपालका अधिकांश फुटबल क्लब समुदायमा आधारित छन् । क्लबको मुख्य आम्दानीको स्रोत समुदायबाट उठ्ने चन्दामा निर्भर छ । एएफसीले फुटबल क्लबलाई पुर्ण रुपमा ब्यवसायीक बनाउने उद्धेश्यले एएफसी क्लब लाईसेन्स लागु गरेको छ । तर पुर्वाधार अभावमा नेपालका अधिकांश फुटबल क्लब एएफसीको लाईसेन्स प्राप्त गर्न बञ्चित हुँदै आएका छन् ।

फुटबललाई थप व्यवस्थित र ब्यवसायीक बनाउन एएफसीले क्लबलाई नीजि रुपमा सञ्चालन गर्न प्रेरित गर्दै आएको छ । तर समुदायमा आधारित नेपालका फुटबल क्लबलाई नीजि रुपमा स्वामित्व हस्तान्तरण गर्न समस्या देखिन्छ । सोही अनुसार एन्फाले शीर्ष डिभिजनका क्लबलाई प्राइभेट लिमिटेडमा जान मिल्ने गरि गृहकार्य अघि बढाएको हो । एन्फाले सामाजिक क्लबको स्वामित्व नीजि रुपमा हस्तान्तरण हुने गरि छलफल प्रक्रियालाई अघि बढाएको छ ।

‘अब क्लब प्राइभेट लिमिटेडमा जान पाईन्छ । त्यही नाममा गएपनि हुन्छ । नाम परिवर्तन गरेपनि हुन्छ । तर स्वामित्व सोही क्लबको हुन्छ ।’ शेर्पाले भने, ‘क्लबहरु नाफा र गैरनाफामुलक दुवै तरिकाले जान सक्छन् । तर फुटबल मात्र खेल्ने उद्धेश्यले छुट्टै क्लब दर्ता गर्नुपर्ने हुन्छ ।’

एन्फाले गत हप्तामात्र ए डिभिजनका क्लबहरुसंग छलफल गर्दै सामुदायिक रुपमा सञ्चालित क्लबलाई प्रालीमा लैजान सुझाएको थियो । क्लबले चाहेको खण्डमा स्वामित्व हस्तान्तरण गरेर नीजि रुपमा समेत क्लब सञ्चालन गर्न मिल्ने एन्फाको प्रष्टिकरण थियो ।

एएफसीको बाध्यात्मक निर्देशन र एन्फाको सहजीकरणबाट नेपालका ए डिभिजन क्लब समेत प्रालीमा जान तयार देखिएका छन् ।

मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले ढिलै भएपनि एन्फाले गर्नपर्ने चिज अघि बढाएको बताउँछन् । ‘क्लबलाई प्रालीमा लैजाने एकदम राम्रो कुरा हो । गर्नपर्ने चिजनै यही हो ।’ उनी भन्छन्, ‘मछिन्द्रले यसअघि समेत यसको अभ्यास गरिसकेको छ ।’

मछिन्द्रलाई गत वर्ष लिग च्याम्पियन बनाएका श्रेष्ठले फुटबल क्लब नीजि रुपमा सञ्चालित हुदाँ विस्तारै नतिजा आउने बताउँछन् ।

‘यो सुरुवात हो । एकैचोटी नतिजा आउँदैन । विस्तारै नतिजा आउँछ ।’ उनले भने, ‘प्रालीमा भए फुटबलमा खर्च गर्ने मात्र हैन, कमाउने पनि सोचिन्छ । फुटबलको ब्यवसायीकरण भनेकै यही हो ।’

‘खेलाडीमात्र ब्यवसायीक भएर भएन । क्लब पनि ब्यवसायीक भए पो फुटबल टिक्छ ।’ उनले भने ।

घरेलु लिग फुटबल खेल्ने अधिकांश शीर्ष डिभिजनका क्लबको मुख्य आम्दानीको स्रोत एन्फाको तयारी खर्च, प्रायोजक रकम र चन्दा हो । लिग उपाधि जित्ने क्लब समेत घाटामा जाने यथार्थ घरेलु फुटबलमा यथावत छ ।

थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी एएफसीको निर्देशन अनुसार छलफल गरेर अघि बढ्नुको विकल्प क्लबसंग नरहेको बताउँछन् ।

‘संस्थागत हिसाबले एफसीले दिएको मापदण्ड अनुसार क्लबलाई लैजान पर्छ । सामुदायिक क्लबलाई कसरी नीजी रुपमा सञ्चालन गर्ने भन्ने चुनौती छ ।’ उनले भने ।

‘एएफसीको फुटबल गतिविधिमात्र छुट्टै हुन पर्यो भन्ने छ । त्यसलाई के गर्ने भन्ने विषयमा क्लबसंग छलफल गर्नुपर्नेछ । एएफसीको मापदण्ड पुरा हुने गरि मध्यमार्गी बाटो खोज्ने प्रयास भईरहेको छ ।’ जोशीले खेलपाटीसंग भने ।

‘इतिहासको गौरवलाई समेत निरन्तरता दिन गरि क्लबलाई अलग्गै रुपमा दर्ता गरेर सञ्चालन गर्ने विषयमा छलफल चलिरहेको छ ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP