बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्व खेलकुद २०२१ का प्रमुख ठूला आकर्षण

शुक्रबार, १७ पौष २०७७खेलपाटी संवाददाता
विश्व खेलकुद २०२१ का प्रमुख ठूला आकर्षण
Loading ad...
mustang rice ad

एजेन्सी । इस्वी संवत् अनुसार आजदेखि नयाँ वर्ष २०२१ ।

विश्व खेलकुदका लागि वर्ष २०२० धेरै सुखद रहेन्, एक प्रकारले स्तब्ध नै रह्यो, कोरोना भाइरस संक्रमणको महामारीका कारण ।

कोभिड १९ ले जसरी पूरा विश्वलाई कुनै न कुनै ढंगले प्रभावित पारेको थियो, त्यसरी नै विश्व खेलकुद पनि त्यसबाट अछुटो रहेन् ।

अझ सबैभन्दा बढी प्रभावित हुने क्षेत्रमध्ये विश्व खेलकुद पनि एक रहेको छ । यस्तोमा यो क्षेत्रले सन् २०२१ मा अझ बढी आश राख्नेछ, केही बढी राम्रो होस भनेर ।

सन् २०२१ मा हुने ठूला र प्रतीक्षा गर्न लायक खेल महोत्सव के के छन् त ? हाम्रो नजरमा परेका ठूला पाँच प्रतियोगिता यी हुन् ।

युरो २०२०, जुन ११ देखि जुलाई ११

विश्वकपपछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कुनै छ भने त्यो पक्कै पनि युरो नै हो । युरोपेली फुटबलको सबैभन्दा ठूलो यो प्रतियोगिता सन् २०२० मा हुनु पर्ने थियो, तर महामारीले सम्भव भएन्, त्यसैले यस वर्ष हुनेछ । अनि नाम भने उही रहनेछ, युरो २०२० ।

यसपल्टको प्रतियोगिता अलिक फरक छ, यो एकै देशमा हुनेछैन्, बरू युरोपका विभिन्न सहरमा हुनेछ । अनि प्रतियोगितामा २४ टिमका सहभागिता रहनेछ र पक्का छ, यसले अब्बल दर्जाको फुटबल पस्कनेछ ।

विम्बल्डन, जुन २८ देखि जुलाई ११

त्यसै पनि विश्व टेनिसका लागि विम्बल्डन भनेपछि सधैं खास रहने गरेको छ । चार ग्रान्ड स्लाममध्ये पनि सबैभन्दा बढी महत्त्व प्रतियोगिता यही हो, घाँसे मैदानमा खेलिने । यसपल्ट यो प्रतियोगिताको अझ बढी प्रतीक्षा किन हुनेछ भने सन् २०२० यो हुन सकेन्, त्यही कोभिड १९ कै कारण ।

विम्बल्डनको इतिहासमा यसरी प्रतियोगिता रोकिएको यो दोस्रो विश्व युद्धपछि पहिलो पल्ट हो । जति बेला विम्बल्डन फेरि सुरु हुनेछ र खेलाडी सेता लुगामा देखिनेछन्, मन मोहक पक्कै हुनेछ ।

द हन्ड्रेड, जुलाई १७ देखि अगस्ट १३

विश्व क्रिकेटले सन् २०२० मै एउटा नयाँ ढाँचाको खेल सन् २०२० मै देख्नु पर्ने थियो, तर त्यस्तो भएन् । केही अन्यौलताबीच यो प्रतियोगिता पनि एक वर्ष पछाडि सारियो ।

प्रतियोगितालाई लिएर खुबै चर्चा परिचर्चा भएको थियो, किनभने टेस्ट, वान डे र ट्वान्टी ट्वान्टीपछि फेरि यो ठ्याक्कै स्वरूपको क्रिकेट थियो, द हन्ड्रेडका रूपमा । जति बेला यो प्रतियोगिता इंग्ल्यान्डमा आयोजना हुनेछ, त्यसले पस्कने क्रिकेटको स्वाद कस्तो हुनेछ, त्यो वास्तवमै हेर्न लायक हुनेछ ।

टोकियो ओलम्पिक, जुलाई २३ देखि अगस्ट ८

सबैलाई थाहा नै छ, टोकियो ओलम्पिक खासमा हुनु पर्ने सन् २०२० मै हो, तर यो हुन सकेन् । आधुनिक ओलम्पिकको इतिहासमा यसरी प्रतियोगिता रद्द भएर एक वर्ष पछाडि सारिएको यो नै पहिलो घटना हो, दुई विश्वयुद्धका बेला प्रतियोगिता नै हुन नसकेको स्थिति बाहेकमा ।

यस्तोमा ओलम्पिक सन् २०२१ मा हुनेछ, तर नाम भने फेरि एकपल्ट उही हुनेछ, टोकियो २०२० । अब जापानले यो ओलम्पिक कसरी गर्छ, त्यो साह्रै हेर्न लायक हुनेछ, धेरै अर्थमा ।

ट्वान्टी ट्वान्टी विश्वकप, अक्टोबर १८ देखि नोभेम्बर १५

यो पनि पछाडि सारिएको प्रतियोगितामै पर्छ, अन्यथा अष्ट्रेलियामा ट्वान्टी ट्वान्टी क्रिकेटको विश्वकप भइसक्थ्यो । आखिरमा प्रतियोगिता सार्ने काम मात्र भएन्, आयोजना स्थल समेत सारियो । वर्ष २०२१ ले ट्वान्टी ट्वान्टी विश्वकप त आयोजना गर्दैछ, तर यो भारतमा हुनेछ ।

सहभागी देशको संख्या १६ हुनेछ । आफ्नै भुमिमा भएपछि भारत बलियो प्रत्यासी त रहने नै छ, उपाधिका लागि । तर ट्वान्टी ट्वान्टी क्रिकेटमा अहिले के हुन्छ, भन्नै सकिन्न ।

- एजेन्सीको सहयोगमा ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक