• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
खेलकुदमा ओलीको शक्ति कति ?
हिम बिक्रम केसी
शुक्रबार, पुस १०, २०७७ हिम बिक्रम केसी
खेलकुदमा ओलीको शक्ति कति ?

एजेन्सी । राखेपको सदस्य सचिवमा रमेश सिलवालको नियुक्तिलाई लिएर नेकपाका धेरै नेताको प्रधानमन्त्री केपी ओलीसंग चित्त दुखाई थियो ।

नेकपाका अधिकांश खेलकुदका नेताहरुले सिलवाललाई सदस्य सचिवमा नलैजान दबाब दिएका थिए ।

पाटी ‘क्याडर’ बाहिरका मान्छेलाई खेलकुदमा लैजान नहुने धेरैको जोड दियो ।

फोनै नउठाउने, पाटी नेताकै कुरा नसुन्ने भन्दै धेरैले सिलवालको नाममा आपत्ती जनाएका थिए ।

नेकपाको धेरै नेता सिलवाललाई ब्यापारी मान्छन् । उनको राजनीतिक आबद्धता र सक्रियतामा नेकपामा नेताहरुले सधै प्रश्न उठाउँछन् ।

उनै सिलवाललाई यसै सातामात्र प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले पुनर्गठित पाटीको केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । सिलवालले केन्द्रिय सदस्यको रुपमा शहिदको रंक्तरञ्जित सपना पुरा गर्ने शपथ खाएका छन् । गैर राजनीतिक चरित्रको रुपमा नेकपाका खेलकुदमा आलोचित बनेका सिलवाल अब केन्द्रिय रुपमा नेकपाको ‘कमरेड’ बनेका छन् । अझ भनौं शिक्षा ब्यापारीको परिचय बनाएका सिलवालले राजनीतिक रुपमा पनि कित्ता ‘क्लियर’ गरेका छन् ।

संसद विगठन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयसंगै नेकपामा विभाजन आएको छ । प्रधानमन्त्री ओली र प्रचण्ड –नेपाल गरि दुई समुहमा नेताहरु विभाजित छन् ।

खेलकुदमा समेत नेतामाथि कित्ता क्लियर गर्न दबाब छ । प्रारम्भिक रिपोर्ट अनुसार विभाजित नेकपामा खेलकुदतर्फ प्रचण्ड–नेपाल समुह हाबी देखिन्छ ।

खेलकुदमा नेकपाको जनवर्गिय संगठनको रुपमा खेलकुद महासंघ छ । महासंघको संयोजकमा पुरुषोत्तम पौडेल र सह–संयोजक शिव कोईराला छन् । महासंघको एकताले पूर्णता नपाउँदै पाटी विभाजनको अवस्थामा पुग्यो । तर संगठन बनाउने र खेलकुदलाई तलसम्म लैजाने महासंघ प्रचण्ड नेपाल समूहको कब्जामा छ ।

संयोजक पौडेल माधवकुमार नेपाल पक्षका हुन् भने पूर्व माओबादी कोईराला प्रचण्ड पक्षका नेता हुन् । कोईराला हाल राखेपको उपाध्यक्षको समेत छन् । महासंघका ईन्चार्जमा गणेशमान पुन छन् । उनी पूर्व माओबादी हुन् ।

घरेलु खेलकुदमा वर्चस्व राख्ने नेकपाको खेलकुद महासंघमा प्रचण्ड–नेपाल समूहको कब्जा देखिन्छ । महासंघका तीनै जना मुख्य नेताले ‘टिम’ परिवर्तन गरेका छैनन् ।

बुटवल महाधिवेशनबाट पारित भएपछि खेलकुद महासंघको विधिवत गठन भएको हो । महासंघमा सुरुवातमै झलनाथ खनाल तथा माधव समूहको वर्चस्व रहन गयो ।

माओवादीसंग एकिकरण भएपछि खेलकुदमा प्रचण्ड–नेपाल समूह थप शक्तिशाली बनेको छ ।

महासंघसंगै खेलकुद हेर्ने नेकपाको खेलकुद विभाग छ । जसको ईन्चार्ज टोपबहादुर रायमाझी र सह–ईन्चार्ज ठाकुर गैरे हुन् ।

पूर्व माओबादी रायमाझीले टिम परिवर्तन गर्दै ओली पक्षमा लागेका छन् । ओली पक्षले उनलाई जनवर्गिय संगठनको ईन्चार्जको जिम्मेवारी दिएको छ । रायमाझीले टिम परिवर्तन गरेपनि ठाकुर गैरे प्रचण्ड–नेपाल समूहमै छन् ।

ओलम्पिकका श्रेष्ठ प्रचण्ड–नेपाल समूहमा

पछिल्लो केही वर्षयता राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री ओलीले जे चाहेका छन्, त्यो पुरा भएको छ । अझ भनौ पुरा गरेका छन् । यस्तै चाहना प्रधानमन्त्री ओलीले नेपाल ओलम्पिक कमिटिको चुनावमा राखे, उमेशलाल श्रेष्ठलाई अध्यक्ष बनाउने ।

उनले बालुवाटार बोलाएर जीवनराम श्रेष्ठलाई अध्यक्ष पद उमेशलाललाई खाली गर्न पाटीको तर्फबाट निर्देशन दिए । तर जीवनरामले ओलीको निर्देशन मानेनन् ।
ओलीले खेलकुद मन्त्रालय र राखेपको आड देखाए, जीवनरामले टेरेनन् ।

नभन्दै ओलम्पिकको चुनावमा ओलीका उम्मेदवार उमेशलाललाई पराजित गर्दै जीवनराम दोस्रो पटक अध्यक्षमा निर्वाचित भए । ठट्टानै सही, पछिल्ला तीन वर्षमा प्रचण्ड–नेपालले हराउन नसकेको ओलीलाई जीवनरामले ओलम्पिक निर्वाचनमा धुलो चटाए ।

जीवनराम नेकपामा झलनाथ खनाल पक्षिय नेताको रुपमा चिनिन्छन् । तर वामदेवसंग उनको सम्बन्ध अझ विशेष छ । नेकपाको विभाजनमा वामदेवले कित्ताकाट गरेका छैनन्, तर जीवाराम प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

ओलम्पिक नेपाली खेलकुदको एउटा शक्ति केन्द्र मानिन्छ, जीवनराम त्यो शक्तिको हर्ताकर्ता हुन् । प्रतिनिधि सभाका सांसद समेत रहिसकेका जीवनराम विभाजित नेकपामा ओलीविरोधी खेमामा ठडिएका छन् ।

राजकीय पदमा ओली हाबी

खेलकुदको राजकीय पदमा भने ओली हाबी छन् । सत्तामा प्रधानमन्त्री ओली छन् । खेलकुद मन्त्रालयमा ओली पक्षका नेता जगतबहादुर विश्वकर्मा मन्त्री छन् ।

खेलकुदको कार्यकारी निकाय राखेप हो । जसको कमाण्ड रमेश सिलवालले सम्हालेका छन् । सिलवाल भर्खरै ओली पक्षको नेकपाको केन्द्रिय सदस्यमा मनोनित बनेका छन् ।

खेलकुदमा ओली पक्षको खास शक्ति

के घरेलु खेलकुदमा ओली पक्ष कमजोर छ त ?

अह, छैन ।

पाटीको आधिकारिक संगठन खेलकुद महासंघमा ओली पक्ष कमजोर बनेपनि पाटी बाहिर ओलीले खेलकुदको छुट्टै संगठन बनाएका छन्, मदन भण्डारी स्पोर्टस एकेडेमीको नाममा ।

बुटवल महाधिवेशनमा पराजित बनेपछि ओलीले आफ्ना गुटका कार्यकर्ता संरक्षण गर्न मदन भण्डारी फाउण्डेसन खोलेका थिए । त्यसैले एक अंश हो, मदन भण्डारी स्पोर्टस एकेडेमी । जसको संस्थापक अध्यक्ष रमेश सिलवाल हुन् । जो, राखेपमा सदस्य सचिव छन् ।

राखेपको बोर्ड सदस्यमा मन्त्रीपरिषद्ले नियुक्त गरेका पुरेन्द्रबिक्रम लाखे र राजेश गुरुङ्ग समेत फाउण्डेशनमा आबद्ध छन् ।

मदन भण्डारी स्पोट्स एकेडेमीलाई नेकपामा ओली पक्षिय नेता कार्यकर्ताको संगठनको रुपमा लिईन्छ । एकेडेमीले प्रदेश, जिल्ला हुँदै वडासम्म आफ्नो संरचना विस्तार गरेको छ । एकेडेमी खेलकुदमा निकै सक्रिय छ । राष्ट्रिय स्तर हुँदै वडा स्तरसम्म खेलकुदको कार्यक्रम गर्छ । संगठनलाई चलायमान बनाउँछ । नेता, कार्यकर्तालाई जोड्छ ।

एक हिसाबले खेलकुद महासंघ भन्दा अझ सशक्त र आक्रमक तरिकाले एकेडेमीले आफुलाई विकास र विस्तार गरेको छ । यही शक्तिमा प्रधानमन्त्री ओलीले पाटी विभाजनदेखि अबको राजनीतिक यात्रा प्रचण्ड–माधवलाई छाडेर एक्लै हिड्ने आँट गरेको देखिन्छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP