• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
भलिबलसंग अरुणाको पहिलो प्रेम
खेलपाटी संवाददाता
मंगलबार, पुस ७, २०७७ खेलपाटी संवाददाता
भलिबलसंग अरुणाको पहिलो प्रेम

काठमाडौं । आम आमा बुबाले जस्तै कमला शाही र कुबीर शाहीले पनि सोचेका थिए, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन ? चिन्ता स्वभाविक नै थियो । तर जति बेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन नि, त्यति बेला तिनै आमा बुबाले भने छन्, ‘हाम्रो छोरीले त हाम्रो इज्जत पो बढाइन् ।’ यो कथा हो, नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीको ।

वर्ष २०७६ मा नेपाली खेलकुदको वृतान्त भन्नु नै हाम्रो मै भएको १३ औं दक्षिण एसियाली खेलकुद हो र त्यसका अनेक अनेक सफलताका कथा छन् । त्यसमध्ये सम्भवत सबैभन्दा मन छुने कथा हो, त्यही महिला राष्ट्रिय भलिबल टिमले चुमेको रजत पदक । भन्नेले भन्दो हो, एकपछि अर्को स्वर्णको हुलमा यो रजत पदक के नै हो र ? तर होइन्, यो रजत पदकको सार नै बेग्लै छ, अनुपम पनि छ ।

भलिबल त नेपालको राष्ट्रिय खेल हो, त्यसमाथि महिला भलिबल बढी नै लोकप्रिय छ । अनि यसका लागि वर्ष २०७६ बेग्लै शानको रह्यो । यही वर्षको उपलब्धीले देखाउँछ, यो खेलमा नेपालको सम्भावना पनि उत्तिकै बाक्लो छ । नेपालले त्यो वर्ष एभीसी सेन्ट्राल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो महिला भलिबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।

त्यसपछि त दक्षिण एसियाली खेलकुदमा रजत पदक पनि हात परिहाल्यो । यो यात्रामा टिमका सबैभन्दा ठूला पात्र हुन्, तिनै अरुणा । उनी कप्तान त हुन नै, गहकिला ‘सेटर’ पनि हुन् । नेपाली महिला भबिललमा आम खेल प्रेमीमा सबैभन्दा चिनिने नाममध्ये सबैभन्दा अगाडि पनि अरुणा कै नाम आउने गर्छ । आखिर यी २७ वर्षीया चेलीले त्यसको आधा भन्दा बढी १४ वर्ष भलिबलका लागि समर्पित गरिसकेकी छिन् ।

यिनै दुई ठूलो सफलतापछि म्याग्दी रघुगंगा गाउँपालिकाका आमा बुबाले आफ्नै छोरीलाई लिएर गर्व नगरेर कहाँ पाइन्थ्यो त ? उनी त अब पूरा गाउँकै शान हुन्, अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जत समेत भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष ०७६ को पल्सर स्पोर्टस अवार्डको लोकप्रिय खेलाडी विधामा अरुणा पनि परेकी छिन्, मनोनयन ।

अब यिनलाई समग्र भलिबलमा पुर्‍याएको योगदानका लागि धेरै भन्दा धेरै मत दिएर जिताउने काम आम खेल प्रेमीको हो । फेरि एकपल्ट त्यही १३ औं दक्षिण एसियाली खेलकुदमा फर्कौ न, त्यसमा पनि महिला भलिबलको फाइनल । नेपालको प्रतिद्वन्द्वी थियो, भारत । स्वर्णको प्रतिस्पर्धामा नेपालले सुरुआती दुई सेट जितेको थियो, सबैलाई लागेको थियो, अब स्वर्ण नेपालकै हो ।

तर त्यस्तो भएन्, नेपालले त्यसपछि तीन सेट गुमायो । यो तीन सेट गुमाएको मात्र थिएन्, स्वर्ण नै गुमाएको थियो । अरुणालाई मुखमै आएको भात खोस्सिएको जस्तै लागेको थियो । फाइनल खेल के सकिएको थियो, सबै खेलाडीले मन नै थाम्न सकेनन्, कोर्टमै रोए । अरू बेला खासै रून नपर्ने अरुणाले पनि आफूलाई रोक्न सकिनन्, अविरल आँसु बगिहाल्यो ।

त्यसो त अरुणा खासै बोलिरहने खालकी होइनन्, तिनलाई हल्का अन्तरमुखी भन्दा पनि हुन्छ । कप्तान भएयता उनलाई बोल्नु परेको छ । तर कम बोल्न सबैले जस्तै उनले पनि सपना भने धेरै देख्छिन्, त्यो पनि दिउँसै । सपनासँगै मनका कुरा खेलाउने बानी भन्दा पनि हुन्छ । विश्वास नहुन सक्छ, त्यो फाइनल सकिएको एक वर्ष भइसकेको छ, अरुणाको मनबाट त्यति बेलाका कुनै पनि क्षण हराएको छैन् ।

सबै आँखै अगाडि छन्, सिनेमाका दृष्य जस्तै चारैतर्फ घुमिरहेका छन् । उनलाई लाग्छ, समयको चक्रलाई उल्टो घुमाएर फेरि फाइनलसम्म पुग्न पाए, ती हारेका तीन सेटलाई उल्टाउने प्रयास गर्थिन् । स्वर्ण जित्न प्रयास गर्थिन् । यी सबै कल्पना नै त हुन्, तर यसले अरुणा कस्ती छिन्, त्यसको सार पनि खिच्छ । उनी हाकाहाकी भन्छिन्, ‘भलिबल नै मेरो पहिलो प्रेम हो ।’

सानोमा वीरेन्द्र शिल्ड खेल्दा उनी पहिलो पल्ट प्रशिक्षक कौशिला खत्रीको नजरमा परेकी थिइन्, त्यसपछि त सिधै भलिबलका लागि प्रसिद्ध ज्ञानुबाबा स्कुल पुगिन् । त्यसपछि कथा त धेरैलाई थाहा छ । केही वर्षयता त उनी कप्तान पनि छिन् । यिनै अरुणा आफ्नो खेल जीवनको अर्को मोडमा छिन्, ‘पपुलर प्लेयर’ को मनोनयमा परेर । त्यसलाई सुखमय बनाउन अरुणालाई धेरै भन्दा धेरै मत दिने कि ?

(एनएसजेएफ स्पोर्टस अवार्डका लागि तयार पारिएको सामाग्री)

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP