बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्सनलमाथि छाएको कालो बादल

सोमबार, ०६ पौष २०७७खेलपाटी संवाददाता
आर्सनलमाथि छाएको कालो बादल
Loading ad...
mustang rice ad

एजेन्सी । आर्सनल र म्यानचेस्टर युनाइटेडबीचको यो संयोग वास्तवमै डरलाग्दो छ ।

आर्सनलले यस पल्ट सन् १९७४/१९७५ को सिजनयता सबैभन्दा खराव सुरुआत गरेको छ । यो त्यही सिजन हो, जति बेला म्यानचेस्टर दोस्रो डिभिजनमा झरेको थियो । ‘यति राम्रो टिम कसरी पो रेलिगेसनमा पर्‍यो होला ?’ त्यति बेला सबै यही प्रश्न गर्थे ।

हुन पनि त्यसको छ वर्ष अगाडि मात्र म्यानचेस्टरले प्रशिक्षक टोमी डोचार्टीको नेतृत्वमा युरोपेली कप जितेको थियो । आर्सनल युरोपको च्याम्पियन त बनेको छैन्, तर अहिलेको टिम पनि त रेलिगेसनका लागि ठीक छैन्, किनभने यो पनि त राम्रो छ । मिखेल आर्टेटाको नेतृत्वमा रहेको आर्सनल रेलिगेसनमा ? यो त वास्तवमै सोच्न सकिन्न ।

तर तय छ, आर्सनलमाथि कालो बादल छाएको छ । नत्र आर्सनल जत्तिको टिम यो सिजन लिगमा पछिल्ला १० खेलमध्ये एकै जितमा मात्र सीमित हुनु पर्ने त थिएन होला । अब आर्सनलले ‘बक्सिङ–डे’ को खेलमा चेल्सीको सामना गर्नेछ । त्यसको तीन दिनपछि ब्राइटन । जनवरी २ मा आर्सनलको भेट हुनेछ, साम एलाडायसीको वेस्ट ब्रुमसँग ।

यदी आर्सनल चेल्सी र बर्नलीविरुद्धका खेलमा पनि पराजित हुन्छ भने डिसेम्बर २७ सम्म पुग्दा यो टिम रेलिगेसन क्षेत्रतिरै हुन सक्नेछ । यो त इमिरेट्स रंगशालामा बस्ने जो कोहीले सोच्नै नसक्ने स्थिति पो हो । अनि यो त्यस्तो स्थिति पनि हो, जसबारे सोच्दा पनि डर लाग्छ । त्यसैले अब प्रश्न उठ्छ, किन यस्तो स्थिति आयो होला आर्सनलमा ?

यसका धेरै कारण हु्न सक्छन्, तर त्यसमध्ये प्रमुख कारण हुन सक्छ, लगातारको गलत निर्णय । आर्सनलले पछिल्ला वर्षमा खेलाडी किनबेचमा निकै खराव निर्णय गरेको छ र यसले गर्दा टिम निकै असन्तुलित बनेको छ । टिममा अहिले जति पनि ठूला नाम छन्, ती सबै खराव खेलिरहेका छन् । चेल्सीबाट आएका विलियमको खेल त खत्तमै भन्दा पनि हुन्छ ।

कप्तान पिएरे–एमरिक अबमयाङले गोल गर्न नै बिर्सेका छन्, त्यस्तै खराव लयमा छन्, एलेक्जान्डर लाकाजेट । निकोलस पेपेको मूल्य सात करोड २० लाख पाउन्ड थियो, तर उनको खेल यसको छेउछाउ पनि छैन् । त्यसमाथि अहिले आर्सनलको ‘ड्ेरसिङ रुम’ मा खालि तनाव, विवाद, द्वन्द्व र असहमति मात्र छ भनिन्छ । एक प्रकारले आर्सनल टिममा अहिले फुट छ ।

फेरि मेसुट ओजिलको समस्या ज्युँको त्युँ छ । भनिन्छ, यी जर्मन खेलाडी जत्तिको मिडफिल्डमा राम्रो खेलाडी अहिलेको पुस्तामा कोही पनि छैन् । तर आर्सनल यिनै खेलाडीलाई खेलाउन अनिच्छुक छ । अनि आर्सनलमा नामले ठूला खेलाडी धेरै छन् र प्रशिक्षकहरू भन्ने गर्छन्, यस्ता धेरै खेलाडी भएको क्लब आसाध्यै सम्हाल्न गाह्रो हुन्छ ।

अनि यस्तो टिममाथि रेलिगेसनको डर नभए, कुन चाहिँ टिममा हुन्छ त ?

–मिररबाट अनुवाद गरिएको सामग्री ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक