• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
सपनाको एक इँट !
विश्वास थापा
शुक्रबार, मंसिर २६, २०७७ विश्वास थापा
सपनाको एक इँट !
गाैतम बुद्ध क्रिकेट र‌गशाला निर्माणमा खटिएका सिताराम कट्टेल । फाेटाे : फाउन्डेशन

चितवन । झन्डै एक वर्षपछि घरेलु खेलकुदमा क्रिकेट फर्किदै छ । गत जनवरीमा मनमोहन मेमोरियल कप प्रतियोगिता खेलेपछि राष्ट्रिय क्रिकेट टिमका खेलाडीले घरेलु प्रतियोगिता खेल्न पाएको थिएनन् ।

कोरोना माहामरीले थप ९ महिना क्रिकेट गतिबिधि ठप्प बनायो । तालिकाबद्ध रहेका अधिकांश घरेलु तथा अन्तराष्ट्रिय क्रिकेट गतिविधि स्थगित हुन पुगे ।

तर अहिले अवस्था फेरिएको छ । कोरोनाको महामारीबाट नेपाली खेलकुद सामान्य अवस्थातर्फ फर्कने प्रयास गर्दैछ ।

यस अवस्थामा खेलाडीलाई कोरोनासंग डराएर बस्न कर्तव्यले दिंदैन भने भाग्न नैतिकताले ।

अनि क्रिकेट कसरी चुप बस्न सक्छ त !

आवश्यक सुरक्षा मापदण्डको पालना गर्दै क्रिकेट ब्युँताउने प्रयास विश्वले गरिसकेको छ । नेपाल त्यसको सिको गर्दै अघि बढिरहेको छ ।

शनिबार भरतपुरस्तिथ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको परिसर भित्रको नमुना क्रिकेट मैदानमा घरेलु क्रिकेट फर्किंदै छ । बागमती प्रदेश क्रिकेट संघको आयोजना भरतपुर महानगरपालिकाको सहयोगमा गौतमबुद्ध कप सुरु हुँदै छ । बागमती प्रदेश क्रिकेट संघले लामो समयदेखि खेलाडीहरु घरमा बस्नु परेको अवस्थालाई ‘ब्रेक थ्रु’ दिन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा नेपालका राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने छ । टी ट्वान्टी ढाँचामा हुने प्रतियोगितामा तीन टिम संलग्न छन् । जसको नेतृत्व नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का र राष्ट्रिय टिमका विकेट किपर बिनोद भण्डारीले गर्नेछन् ।
.
लामो समयपछि नेपाली क्रिकेट चलायमान बन्दै गर्दा सारा नेपाली क्रिकेट समर्थक, खेलाडी तथा सरोकारवाला हर्षित छन् । अझ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको परियोजना साकार पार्न दिनरात तल्लिन फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) भावुक छन् ।

‘गरे के नहुँदो रहेछ र आखिर ? यत्तिको मैदान तयार गर्न राज्यले करोडौं लगानी गरिरहेको हुन्छ तर हामीले आन्तरिक स्रोत जुटाएर, सर्वसाधारणबाट सहयोग माग्दै तयार गर्यौ ।’ नमुना मैदानको घेर्न लगाइएको तारको जाली समात्दै सितारामले खेलपाटीसंग भने, ‘यस मैदान बनाउन सहयोग गर्नु हुने र रकम पठाउनु हुने सबैसंग खुसी साट्न पाउँदा निकै भावुक छु । उहाँहरुले जुन विश्वास गर्नु भएको थियो, त्यस विश्वासको धरोहर खडा भएको छ ।’

हाँस्यकलाकार सिताराम आफ्नो र परिवारको व्यक्तिगत चाहाना र इच्छालाई खेलाडी र खेल क्षेत्रको लागि समर्पित गर्दै दिनरात यस परियोजनामा खटिएका हुन्छन् ।

क्रिकेटको खासै मोह नभएपनि नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता हासिल गरेपछि घरेलु क्रिकेटले उनको ध्यान तान्यो ।

खेलाडीले आफ्नो बलबुतामा यो सफलता हात पार्दा क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा थियो । खेलाडीको भविष्य सुनिश्चित थिएन । न त खेलाडी उत्पादनको खाका थियो । न स्तरीय खेल मैदान ।

त्यसकै पिरले सितारामले जनताको सहयोगमा नेपालको गौरब गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको परियोजना तयार गरे । परियोजनाले हाल भरतपुरस्तिथ शान्तिचोकमा मुर्तरुप लिंदै छ ।

परियोजना सुरु गरेको दुई वर्ष नबित्दै मुख्य अन्तराष्ट्रिय मैदानमा ८५ प्रतिशत काम सम्पन्न भएको छ । दर्शकदिर्घाको पहिलो चरणको काम समेत अबको डेढ महिनामा सम्पन्न हुने विश्वास गरिएको छ ।

यस परियोजनालाई सबैको चासोको विषय बनाउन र सकारात्मक संदेश प्रवाह गर्न अन्तराष्ट्रिय मैदानको आढैमा नमुना मैदान तयार पारिएको थियो । यहि नमुना मैदानमा चितवनका स्थानीय प्रतियोगिता आयोजना हुँदै आएका थिए । अब यो राष्ट्रिय स्तरको प्रतियोगिता खेलाउन योग्य भएको छ । राष्ट्रिय खेलाडीले अब यही मैदानमा प्रतियोगिता खेल्दै छन् ।

नमुना मैदानमा सिताराम आफैले दिनरात पसिना बगाएका थिए । उनी आफै मैदान निर्माणमा जुटेका थिए । आफै ट्रयाक्टर चलाउने, रोलर लगाउने, दुबो रोप्ने जस्ता काममा सहभागी बने । आफैले मेहनत गरेर स्थानीय स्रोत र बिनाकुनै विज्ञ तयार भएको मैदानमा राष्ट्रिय खेलाडी खेल्ने भएपछि सिताराम खुसी छन् ।

‘एक वर्ष अघि हामीले एउटा माहोल तयार पार्न, सकारात्मक सन्देश प्रवाह गर्नका लागि, विभिन्न च्यारिट खेल गर्नको लागि, यस स्थानलाई सबैको चासो र खोजीको विषय बनाउन खोजेका थियौ । यहि मैदानमा म आफैले ट्रयाक्टर चलाउने, आफैले तयार पारेको रोलर तानेर मैदान बनाएको हो ।’ सिताराम भन्छन्, ‘लकडाउनको समयमा यहीं बसेर म लगायत टेक्निकल साथीहरु मिलेर दुबो रोपेर तयार पारिएको मैदान हो । यस मैदानका लागि बाहिरबाट कोही मानिस तथा बिज्ञ ल्याएरु तयार गरिएको हैन । अनुभबी कोमल बा (पाण्डे), सिसम मण्डल जस्ता व्यक्तिको सहयोगमा आफैले तयार गरेको मैदान राष्ट्रिय खेलाडी आएर खेल्ने हुँदा निकै हर्षित छु ।’

‘अहिले म जत्तिको उत्साहित अरुको होला र ? भोलीको दिन हामी फाउन्डेसनसंग सम्बन्धित समिति, साथीहरु, अभियान्ता, सबैजनाको लागि सबैभन्दा खुसीको दिन हुनेछ ।’ सितारामले खेलको पूर्वसन्ध्यामा भने, ‘खेलकुद क्षेत्रको विकास, खेलाडीको स्तारोन्नती र वृद्धि विकासका लागि यो काम गरेका हौँ । खेलाडीले यहाँ आएर खेल खेल्दै गर्दा उहाँहरु पनि पक्कै खुसी हुनुहुन्छ होला । एउटा मन्दिरमा खेल खेल्न पाएको महसुस खेलाडीलाई समेत हुन्छ होला ।’

उनले प्रतियोगिता आयोजना हुँदै गर्दा क्रिकेट सरोकारवाला र निकायले अपनत्व ग्रहण गरेको आफुले महशुस गरेको बताए । .

‘कोरोना माहामारीपछि पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता यस स्थानबाट सुरुवात गरिदिनु भएकोमा आयोजकलाई धन्यबाद दिन चाहान्छु । यसको मतलब यस परियोजनाको अपनत्व गरिदिनु भएको हो भन्ने मैले बुझेको छु ।’ उनले थपे, ‘जसले विश्वभर नेपालको नाम उच्च बनाउने, पहिचान दिने काम गर्नु भएको छ । त्यही खेलाडीको लागि तयार पारिएको मैदानमा आएर खेल खेल्न लाग्दै गर्दा म आफु भावुक र हर्षित दुवै छु ।’

प्रतियोगिताले रंगशाला निर्मार्णबारे सकारात्मक सन्देश जाने र सरकारलाई समेत यस परियोजना अविभावकत्व ग्रहण गर्न दायित्व बोध गराउने विश्वास सितारामले लिएका छन् ।

‘अभियानको विषयमा प्रतियोगिताले एक सकारात्मक सन्देश प्रवाह गर्छ । संघको तर्फबाट प्रतियोगिता आयोजना हुँदै गर्दा सरकारलाई समेत यो रंगशालाप्रति अविभावकत्व ग्रहण गर्न दायित्वबोध गराउँछ भन्ने विश्वास लिएको छु ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP