• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अवसरको प्रतिक्षामा प्रदिप !
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ९, २०७७ खेलपाटी संवाददाता
अवसरको प्रतिक्षामा प्रदिप !

जितु साउद

काठमाडौं । सन् २०१४ मा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्दै आएको एनसेल कप फुटबल दशरथ रंगशालामा चल्दै थियो ।

लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा थ्री स्टारले समूह चरणको सुरुवाती दुई खेल गुमाईसकेको थियो ।

थ्री स्टारले समूह चरणका सुरुवाती दुई खेल गुमाएपछि तत्कालिन मुख्य प्रशिक्षक मेघराज केसीले क्लबको प्रशिक्षकबाट राजीनामा दिए । उनले हारपछि पत्रकार सम्मेलनमा राजीनामा घोषणा गरेका थिए । थ्री स्टारले समूह चरणको अन्तिम खेल विभागीय टोली एपीएफसँग खेल्न बाँकी थियो ।

सोही समय प्रदिप हुमागाई र क्लबका तत्कालिन अध्यक्ष ललित कृष्ण श्रेष्ठबीच छोटो कुराकानी भएको थियो । सो कुराकानीमा श्रेष्ठले प्रदिपलाई क्लबमा आउन आग्रह गरे ।

प्रदीपले पनि आफु क्लबको प्रशिक्षक बन्न इच्छुक भएको श्रेष्ठलाई बताए । त्यसपछि उनलाई सहायक प्रशिक्षकको रुपमा क्लबका राखिएको थियो ।

'मेघराज दाई (केसी)ले प्रशिक्षकबाट राजीनामा दिनु भएछ । यता क्लबले एक खेल खेल्न अझै बाँकी थियो । म प्रशिक्षणको समय क्लब तिर आइरहेको हुन्थे,' उनले भने, 'मलाई तेस्रो खेलमा प्रशिक्षक बनिदिन प्रस्ताव आयो । त्यतिबेला मलाई खेलाडीको नाम समेत थाहा थिएन । गेम प्लान अर्को पाटो थियो ।'

एपीएफसँगको खेलमा उनी अन्तरिम प्रशिक्षकको रुपमा थ्री स्टारसँग जोडिए । सो खेल थ्री स्टारले एपीएफसंग १–१ को बराबरी खेल्यो । सोही बिन्दुबाट प्रदिपको व्यवसायीक रुपमा थ्री स्टार क्लबबाट प्रशिक्षकको यात्रा सुरु भएको हो ।

यस अघि फिजिकल एजुकेसनमा मास्टर्स गरेपछि उनले काठमाडौं विश्व विद्यालयको महिला फुटबल टोलीको प्रशिक्षकको रुपमा काम गरेको थिए । उनले काठमाडौं विश्व विद्यालयको महिला टोलीमा करिब १७ महिना प्रशिक्षकको रुपमा काम गरे ।

Image may contain: 1 person

उनकै प्रशिक्षणमा काठमाडौं विश्व विद्यालयको महिला फुटबल टोली दुई पटक नर्वे पुगेको थियो । उनको प्रशिक्षणमा नेपाली टिमले नर्वे कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेलेको थियो । उनकै प्रशिक्षणमा नेपालमा हुने कोकाकोला कपमा महिला टोलीले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।

'काठमाडौं विश्व विद्यालयको महिला टोलीलाई मैले पहिलो पटक प्रशिक्षण गर्दै थिए । उनीहरुले कहिल्यै फुटबल खेलेका पनि थिएनन्,' प्रदिपले भने, 'उनीहरुले कोकाकोला कपमा राम्रो फुटबल खेलेका थिए । उनीहरुले दुई पटक नर्वे कप खेल्दासमेत राम्रो प्रदर्शन गरेका थिए ।'

पहिलो वर्षमै लिग च्याम्पियन

उनले थ्री स्टारमा मात्र ९ महिना समय बिताउन पाए । त्यस अवधिमा उनले थुप्रै उपाधि थ्री स्टारलाई दिलाए । उनकै प्रशिक्षणमा थ्री स्टारले ए डिभिजन लिग सहित मोसफलका थुप्रै गोल्डकप जितेको थियो ।

'काठमाडौं विश्व विद्यालयको महिला टोली हेरिरहेका बेला म सोझै थ्री स्टारमा पुगे । मैले थ्री स्टारमा मात्र ९ महिनाको समय बिताउन पाए । तर, त्यो छोटो समय भएपनि सफलताका हिसाबमा भने मेरा लागि निकै सुखद रह्यो,' प्रदिपले भने ।

सन् २०१४ मा थ्री स्टार सिक्किममा आयोजना हुने गभर्नस गोल्डकप फुटबलको तयारीमा जुट्यो । उनलाई लिग हेर्ने गरि प्रशिक्षकमा क्लबले नियुक्त गरिसकेको थियो । गभर्नस गोल्डकपका लागि थ्री स्टारले झापामा दशैं र तिहारको बीचमा बिहान र बेलुका दुई घण्टा तयारी गरेको थियो ।

'दशैंको टिका थापेपछि गभर्नस गोल्डकपको तयारीका लागि कलंकीबाट बस चढेर झापाको काकँडभित्ता पुगे । खेलाडी शारिरिक रुपमा निकै कमजोर थिए । हामीले बिहान र बेलुका गरी दुई–दुई घण्टा शारिरलाई फिट बनाउन कडा प्रशिक्षण गरेका थियौ । तिहारको चार दिनपछि सिक्किमका गभर्नस गोल्डकप थियो । तर प्रतियोगिताको फाइनलमा पेनाल्टी सुटआउटमा पराजित भयौ ।' उनले भने ।

Image may contain: 3 people

गोल्डकपपछि उनकै प्रशिक्षणमा थ्री स्टारले लिग सुरु गरेको थियो । लिगमा पनि थ्री स्टारले राम्रो प्रदर्शन गरेको थियो ।

'लिग मेरा लागि पहिलो अनुभव थियो र लिगको सुरुवाती चरणमा हामीले राम्रो गरेका थियौ । पहिलो चरणमा थ्री स्टारले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको थियो,' उनले भने, 'दोस्रो चरणमा हामीले लगातार चार–पाँच खेल हार्न पुग्यौ । तर, त्यसपछि फेरी लयमा फर्कियौ । अन्त्यमा चार अंकको अग्रता सहित लिग जित्यौं ।'

पहिलो पटक 'ए' डिभिजन क्लबको नेतृत्व गरेका उनी पहिलो प्रयासमा सफल बने । थ्री स्टारलाई 'ए' डिभिजन लिगको उपाधि दिलाएसँगै उनी नेपाली लिग इतिहासमा उपाधि जित्ने सबैभन्दा कान्छा प्रशिक्षकको कीर्तिमान बनाए । आफ्नो प्रशिक्षणमा थ्री स्टारलाई उपाघि दिलाउँदा उनी मात्र ३२ वर्षका थिए ।

त्यसपछि उनले राष्ट्रिय टोलीका खेलाडीविना थ्री स्टारलाई उदयपुर गोल्डकपको उपाधि दिलाए । राष्ट्रिय टोलीका खेलाडी अन्तर्राष्ट्रिय खेलका लागि बन्द प्रशिक्षणमा सहभागी भएपछि थ्री स्टार मुख्य खेलाडीविना उदयपुर गोल्डकपमा प्रतिस्पर्धा गरको थियो ।

'लिग खेल्दा राष्ट्रिय टोलीका १३ जना खेलाडी क्लबमा थिए । लिग सकिए लगत्तै मुख्य खेलाडी एन्फाको बन्द प्रशिक्षणमा जुटे । तर हामीले स्टार खेलाडविना उदयपुर गोल्डकप खेल्यौ र उपाधि पनि जित्यौ,' प्रदिपले भने, 'त्यसपछि आहा–रारा गोल्डकपको उपाधि जित्यौ । धरानमा भने केही राष्ट्रिय खेलाडी पनि सहभागिता भएका थिए ।'

त्यसपछि थ्री स्टारले एएफसी प्रेसिडेन्ट कप फुटबल खेल्दै थियो । एएफसी प्रेसिडेन्ट कप खेल्ने क्लबको प्रशिक्षक बी लाइसेन्स प्राप्त हुनुपर्ने थियो । यता प्रदिपसँग भने बी लाईसेन्स थिएन । यसले उनको प्रशिक्षक जीवनमा ठुलो प्रभाव पार्यो ।

Image may contain: 11 people, people smiling

बी लाइसेन्सले देखाएको अर्को बाटो

उनी थ्री स्टारमा प्रशिक्षक रहेकै बेलामा बी लाइसेन्सको परिक्षा दिएका थिए । तर, उनी परिक्षामा असफल हुन पुगे । प्रदिपले आफु बी लाइसेन्स परिक्षामा फेल हुनुमा एन्फाको हात भएको आरोप लगाए ।

'म बी लाइसेन्समा फेल भए । त्यतिबेला मलाई एन्फा आफैले नियतवस फेल गर्यो भन्ने लाग्छ । तर, फेल गर्यो गरेन थाहा भएन । मलाई त्यसबेला देखिनै नेपाली फुटबलप्रतिको माया मर्न थाल्यो,' उनले भने, 'मैले ग्रास रुट र सी लाइसेन्स परिक्षामा टप गरेको थिए । तर, बी लाइसेन्समा म मात्र फेल भए, अरु सबै पास भएका थिए । यसैले गर्दा मलाई नेपाली फुटबलप्रतिको माया मर्दै गएको थियो ।'

उनले थपे, 'म कसरी बी लाइसेन्स परिक्षामा फेल भए ? भन्दै एन्फा पदाधिकारीहरुसँग मेरो एक किसिमको विवादनै भयो । त्यसपछि मैले सेप्टेम्बर ३ तारिखमा क्लबको प्रशिक्षकबाट राजिनामा दिए । किनभने मैले खेलाडीले सुविधा पाउनु पर्छ भन्दै खुलेरै बोलेको थिए । यता क्लबसंग असमझदारी पनि भयो । तर, त्यस्तो थिएन । क्लबलाई मायानै गर्थे । मैले खेलाडीका लागि आवाज उठाउँदै प्रशिक्षकको दायित्व मात्र निर्वाह गरेको थिए ।'

त्यही आक्रोशले उनी आफु अमेरिका पुगेको बताउँछन् । नेपाली फुटबल प्रतिको बितृष्णालाई सकारात्मक रुपमा आफुले रुपान्तरण गरेको प्रदिप बताउँछन् ।

'वितृष्णा पालेर यही बसेको भए, यतै डुलिरहेको हुन्थे । थाहा छैन म अहिले के हुन्थे । मलाई नेपाली फुटबलमा टिक्न दिदैनन् भन्ने थियो । त्यसपछि मात्रै मैले बाहिर जाने योजना बनाए र अमेरिका पुगे,' उनी भन्छन् ।

Image may contain: 2 people, people smiling

अमेरिकी 'बी' डिभिजन क्लबमा प्रशिक्षक

थ्री स्टार छोडेपछि उनी लास बेगल्स कपको ‘अवजर्भर’ का रुपमा अमेरिका पुगे । त्यही क्रममा उनले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सहायक प्रशिक्षक रिचर्डलाई भेट्ने अवसर पाए । नेपालसँगको सम्बन्ध लिएर प्रदिप रिचर्डलाई भेट्न उनको क्लब पुगेका थिए । रिचर्डले नेपाली टोलीको प्रशिक्षक छोड्दै अमेरिकामा रहेको किस्टोन एकेडेमीमा प्रशिक्षण दिईरहेका थिए । उनलाई भेट्दा क्लबका निर्देशकले प्रदिपलाई श्रम स्विकृती भएको खण्डमा क्लबमा राख्ने बाचा दिए ।

'रिचर्डलाई भेट्न जाँदा मलाई क्लबका निर्देशकले श्रम स्विकृति भएको खण्डमा क्लबमा बोलाउँछु भनेका थिए । मैले श्रम स्विकृति लिएर उनलाई फोन गरे । त्यसपछि मैले त्यही क्लबमा आजसम्म प्रशिक्षकको रुपमा काम गरे,' उनले भने, 'सुरुमा मैले राइजिङ स्टार (४ देखि ९ वर्ष) टोलीलाई प्रशिक्षण दिए । त्यसपछि मैले १० देखि १९ वर्षसम्मको ग्रिफोज टिमलाई प्रशिक्षण गरे ।'

उनले थपे, 'सन् २०१८ मा अमेरिकाको युएसएल खेल्ने दोस्रो श्रेणीको लिग टोलीमा एक सिजन मुख्य प्रशिक्षकको रुपमा काम गरे । त्यसपछि सन् २०१९ देखि इएसयू टोलीलाई प्रशिक्षण दिए । हाल पनि म त्यसै टोलीमा आबद्ध छु । इएसयूको टोली राम्रो प्रदर्शन गरे सोझै एमएलएसमा जानेछ ।'

Image may contain: 3 people

अर्को लक्ष्य व्यवसायीक फुटबल

उनले अब नेपालमा नै केही गर्ने लक्ष्य बोकेर स्वदेश फर्किएको बताए । अमेरिकामा सिकेको फुटबलको ज्ञानलाई नेपालमा प्रयोग गर्ने लक्ष्य रहेको उनले बताए । प्रदिपले एन्फाले आफुलाई कुनै टोली दिने विश्वास गरेका छन् ।

'म अब अमेरिका नफर्कने लक्ष्य लिएर स्वदेश आएको हुँ । म तीन विकल्प बोकेर आएको छु । पहिलो एन्फाले कुनै टोली मलाई दिन्छ भन्ने आशा गरेको छु । त्यसो नभए लिग भएको खण्डमा कुनै क्लब हेर्ने योजना छ । त्यसो नभएको खण्डमा आफ्नै लगानीमा कुनै एकेडेमी संचालन गरेर ग्रास रुट फुटबलमा केन्द्रित रहने योजना छ,' उनले भने, 'तर, मलाई एन्फाबाट कुनै टिम दिनेछ भन्नेमा आशा रहेको छ । मलाई नेपालको राष्ट्रिय टिम हेर्ने चाहना हो ।'

उनले आफ्नो योग्यता कुनै पनि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका लागि पर्याप्त भएको दाबी गरे । नेपालमा रहेका नेपाली र विदेशी प्रशिक्षकसँग आफ्नो योग्यता पुग्ने उनले दलिल छ । तर योग्यता निर्धारण गर्ने काम एन्फाको रहेको उनी बताउँछन् ।

'राष्ट्रिय टोलीकै लागि मैले तीन चार वर्ष पर्खेको छु । हैन भने थ्री स्टार च्याम्पियन भएकै बेला मलाई राष्ट्रिय टोलीको प्रशिक्षक चाहियो भनेर माग्न सक्थे । अहिलेसम्म त क्लब च्याम्पियन हुँदा सबै प्रशिक्षकले राष्ट्रिय टोलीको सहायक प्रशिक्षक हुने अवसर पाएका छन् । मैले मागेको छैन,' उनले भने, 'त्यतिबेला मेरो योग्यता क्षमता पुग्दैन होला भनेर म बाहिर बसे । तर अहिले पुग्छ जस्तो लाग्छ । मेरो क्षमता र म कुनै पनि राष्ट्रिय टोलीको प्रशिक्षक बन्न सक्छु । अहिले चाँही बेला आयो र एन्फाले केही गर्छ भन्ने लागेको छ ।'

उनले नेपाली फुटबलमा केही नयाँ गर्नु र व्यवसायीकतातर्फ लैजानु आफ्नो मुख्य लक्ष्य रहेको बताए । अस्ट्रेलियन ए डिभिजन क्लब प्रशिक्षक सरहको 'ए' लाइसेन्स रहेको उल्लेख गर्दै उनले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा आखाँ लगाएका छन् ।

Image may contain: 1 person

तस्बिर - प्रदिपको फेसबुक 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP