• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
'नेपाली फुटबलको स्तर खस्किएको छैन'
नमीन ढकाल
बिहीबार, मंसिर ४, २०७७ नमीन ढकाल
'नेपाली फुटबलको स्तर खस्किएको छैन'

काठमाडौं । करिब ८ महिनापछि राष्ट्रिय फुटबल टिमका खेलाडीहरु मैदान प्रवेश गर्दै गर्दा आफ्नो फिटनेस र प्रदर्शनलाई लिएर खेलाडी दुविधामा थिए ।

यस्तो अवस्थामा खेलाडीको चाहना अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा भन्दा घरेलु लिग संचालन होस् भन्ने थियो ।

तर, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)लाई घरेलु लिग सुरु गर्न पक्कै सहज थिएन ।

एन्फालाई घरेलु लिग गर्न भन्दा मैत्रीपूर्ण खेल खेलाउन सहज थियो । जसको कारण एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयलाई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गर्नका लागि अनुमति माग्यो । त्यस समय मैत्रीपूर्णका लागि एन्फालाई केहि राष्ट्रको प्रस्ताव समेत आएको थियो ।

सरकारको अनुमतिसँगै एन्फाले दशैँ सकिएको केहि दिनपछिबाट टिमको प्रशिक्षण सुरु गरेको थियो । यस्तै बंगलादेश र नेपालबीचको दुई मैत्रीपूर्ण खेल समेत पक्का भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टिमले प्रशिक्षण सुरु गर्यो । तर, प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परिक्षणमा ५ खेलाडीको रिपोर्ट पोजेटिभ आयो । ४ खेलाडी प्लेइङ सेटमै पर्दै आएका खेलाडी थिए ।

बंगलादेश प्रस्थान गर्नु अघि गरिएको परिक्षणमा पुन: दुई खेलाडीमा कोरोना देखियो । जसको कारण टिमका नियमित ६ खेलाडी बंगलादेश भ्रमणमा जान पाएनन् ।

चोटका कारण टिमका महत्वपूर्ण सदस्य तथा मिडफिल्डर रोहित चन्द नेपालमै अड्किए । जसको कारण टिममा ८ नयाँ खेलाडीले पहिलो पटक मौका पाए ।

बंगलादेश पुगेपछि डिफेन्डर रंजित धिमाललाई समेत कोरोना देखियो । उनले पहिलो मैत्रीपूर्ण समेत गुमाए ।

तर, बंगलादेश भ्रमणमा ६ खेलाडीले त डेब्युको अवसर नै पाए ।

घरेलु टिमविरुद्धको पहिलो खेल २-० ले गुमाएको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो ।

फिफा वरीयतामा आफु भन्दा पछिलो बंगलादेशविरुद्ध सन्तोषजनक नतिजा नआएपछि नेपाली टिमको आलोचना समेत भयो । खराब प्रदर्शनमा खेलाडी र प्रशिक्षकलाई दोष देखाईएको थियो ।

तर, लामो समय पछि मैदान फर्किएका नेपाली टोलीको प्रदर्शनबाट सन्तुष्ट हुने केहि आधारहरु भने रहेको छ । छोटो तयारीमा नेपालले गरेको प्रदर्शनलाई कतिपयले राम्रो संकेतको रुपमा हेरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका प्रशिक्षक मेघराज केसी नेपाली टोलीको प्रदर्शनलाई अहिले नै आलोचना गर्न नहुने तर्क गर्छन ।

‘पहिलो खेलमा त्यति राम्रो प्रदर्शन हुन सकेन । लथालिङ्ग जस्तै थियो । दोस्रो खेलमा धेरै मिलेर आयो । दुबै खेललाई हेर्दा त्यति नराम्रो पनि हैन,' प्रशिक्षक केसी भन्छन्, 'कोरोनाको त्रास छ । लामो समय पछि फुटबल आईरहेको छ । फुटबल फर्किएको केहि समयमानै नेपालले खेल्न सक्छ भन्ने भाईहरुले (खेलाडी) ले प्रमाणित गरे ।’

नतिजाको विषयलाई लिएर चिन्ता लिनु नपर्ने र छोटो समयमानै नेपाली खेलाडीले देखाएको प्रदर्शनका कारण कोरोनाले नेपाली फुटबलको स्तर नखस्केको समेत केसीको भनाई छ ।

‘रिजल्टको बारेमा खासै तनाव लिनु पर्दैन । यत्रो समयपछि खेल्दैछौं । सेटका कति खेलाडी विभिन्न कारणले खेल्न पाएनन् । एक प्रकारले नयाँ सेटनै थियो । यस्तो परिस्थितिमा पनि खेल्यौं । यहिनै ठुलो कुरा हो,’ एएफसी 'ए' लाईसेन्स प्राप्त प्रशिक्षक केसीले भने,‘पहिलो खेल हेर्दा नेपाली फुटबल अलिकति तल गएको हो कि जस्तो लागेको थियो । तर, २–३ दिन पछि नेपालको प्रदर्शनमा धेरै फरक थियो । त्यसैले नेपालको फुटबल पहिलाको अवस्थामा फर्किन सक्छ भन्ने आशा देखाएको छ ।’

यस्तै प्रशिक्षक केसीले नयाँ खेलाडीले बंगलादेशविरुद्ध गरेको प्रदर्शनबाट आगामी दिनमा नेपाली फुटबलको स्तर अर्काे स्तरमा पुग्ने सम्भावना देखिएको बताए ।

‘राष्ट्रिय टिममा एउटा प्रदर्शन भईरहेको हुन्छ । त्यो लेभललाई माथि लैजाने नयाँ खेलाडीले हो । नयाँ खेलाडीले जुन प्रकारले खेले र प्रदर्शन गरे । त्यसले झनै राष्ट्रिय टिमको प्रदर्शन अर्काे स्तरमा जाने देखिएको छ । नयाँ खेलाडीले यसरीनै अवसर पाए भने हाम्रो राष्ट्रिय टिम अझै बलियो हुँदै जान्छ,’ उनले भने ।

प्रशिक्षक केसीले नेपाली खेलकुदलाई कोरोनाले असर गरेपनि चाडै आफ्नो लय समात्नेमा आफु विश्वस्त रहेको समेत बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP