• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फुटबल 'इज' ब्याक !
नमीन ढकाल
शुक्रबार, कात्तिक १४, २०७७ नमीन ढकाल
फुटबल 'इज' ब्याक !

काठमाडौं । गएको चैतमा सरकारले लकडाउन घोषणा गरेसँग सबै क्षेत्र ठप्प भए । जसबाट खेलुकद क्षेत्र पनि अछुतो रहेन।

सरकारले लकडाउन घोषणा गर्नु एक साता अघिनै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्ना सम्पूर्ण कार्यक्रम स्थगित गरेको थियो । चलिरहेको बी डिभिजन लिग र राष्ट्रिय टिमको प्रशिक्षण समेत एन्फाले तत्काललाई रोकेको थियो ।

यस्तै, तयारीमा रहेका सी डिभिजन लिग र पहिलो पटक नयाँ ढाँचामा हुन लागेको महिला लिग समेत रोक्न एन्फा बाध्य भयो ।

त्यसयता सुनसान रहेको फुटबलले अब भने गति लिने संकेत देखिएको छ ।

सरकारले असोज अन्तिम साता अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी सुरु गर्न स्विकृत दिएसँगै करिब ७ महिनापछि नेपाली फुटबल मैदान फर्किएको हो ।

दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमती नपाएपछि एन्फाले कुनै निर्णय लिन पाएको थिएन । तर सरकारको प्रशिक्षणको अनुमती दिएसंगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको छ ।

कार्तिक २८ र मंसिर २ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि एन्फाले दशैं लगत्तै खेलाडीलाई काठमाडौंमा बोलाएर प्रशिक्षण सुरु गरेकाे छ ।

पहिलो दिन प्रशिक्षणमा केही खेलाडी भने सामेल भएनन् ।

पहिलो दिन गरिएको स्वाव परिक्षणमा ४ खेलाडीको रिपोर्ट पोजेटिभ आएपछि एन्फाले खेलाडीलाई अन्यत्र होटेलमा सारेको छ ।

एन्फाले एक हप्ताको तयारीपछि खेलाडीलाई बंगलादेशको राजधानी ढाका लैजाने तयारी गरेको छ ।

एन्फाले कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारनै तयारी सुरु गरेको छ । सोही अनुरुप एन्फाले मैदानमा खेलाडी र अफिसियल बाहेक अन्यलाई प्रवेशमा रोक लगाएको छ । अब नेपाली टिम एक हप्ताको तयारीपछि बंगलादेशको राजधानी ढाका पुग्नेछ । जहाँ पुनः टिमको स्वाव परिक्षण हुनेछ ।

नेपाली टिमलाई बालगोपाल महर्जनले मुख्य प्रशिक्षकको रुपमा नेतृत्व गर्नेछन् । यसअघि चैत पहिलो साता नेपाली टिमलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक योहान कालिन कोरोना महामारीकाबीच स्वेदश (स्विडेन) फर्किएपछि एन्फाले महर्जनलाई टिमको अस्थायी जिम्मेवारी दिएको हो ।

सहायक प्रशिक्षकमा किरण श्रेष्ठनै रहदाँ गोलरक्षक प्रशिक्षकका रुपमा पूर्व खेलाडी विकाश मल्ललाई एन्फाले जिम्मेवारी दिएको छ । यसअघि राष्ट्रिय टिमलाई जापानी प्रशिक्षक र नविन महर्जनले प्रशिक्षण दिँदै आएका थिए । दुवै उपलब्ध नहुने भएपछि एन्फाले मल्ललाई जिम्मेवारी सुम्पिएको हो ।

यसअघि चैतमा पोखरामा आयोजित आहा रारा गोल्डकप खेलेपछि घरमै थन्किएका खेलाडी भने मैदान फर्कन पाउँदा खुसी देखिन्छन् ।

राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवास धेरै समयपछि मैदान फर्कन पाउँदा खुसी लागेको बताउँछन् ।

‘धेरै समयपछि मैदान फर्कन पाउँदा खुसी छौं । धेरै पछि फुटबल सुरुवात भएको छ । मैदान आएका छौ । फुटबल सुरु हुनेमा खेलाडी आशाबादी थिए ।’ आर्मी क्लबका कप्तान समेत रहेका भरतले भने ।

उनले धेरै समयपछि मैदान फर्कदा फिटनेशमा केही समस्या देखिएको बताए ।

‘धेरै समय भएको थियो, मैदानमा अभ्यास नगरेको । पहिलो दिन केहि समस्या पक्कै भयो । फिटनेशलाई अलिकति समस्या छ । समय थोरै भएपनि जसरी हुन्छ फिट हुने प्रयास गर्छौ । चाँडो भन्दा चाँडो लयमा आउने प्रयास गछौं ।’ उनले भने ।

डिफेन्डर बिक्रम लामा पनि फुटबल सुरु भएको निकै खुसी देखिन्छन् ।

उनले धेरैपछि मैदान फर्कदा नौलो अनुभव भएको र खुसी लागेको बताए ।

‘धेरै पछि मैदान फर्कन पायौं । मैदान फर्कदा खुसी महशुश भएको छ ।’ उनले सुनाए ।

ए डिभिजन क्लब थ्री स्टारका कप्तान समेत रहेका बिक्रमले टिमको फिटनेशमा समस्या भएपनि फुटबल सुरु भएकोमा आफुहरु खुसी रहेको बताए ।

‘फिटनेशमा समस्या पक्कै छ । यसअघि घरमा आफैले अभ्यास गरेकाले अहिले केही सहज भयो । केहि दिनमै मैदान फर्कन पक्कै गाह्रो हुन्छ । बंगलादेशको पनि समस्या फिटनेशनै हो । फुटबल फर्किएकोमा खुसी छौं ।’ उनी भन्छन् ।

यसअघि फिफा विश्वकप छनोट अन्तर्गत भुटानको थिम्पुमा कुवेतविरुद्ध खेलेको राष्ट्रिय फुटबल टिमले त्यसयता पहिलो पटक अन्तराष्ट्रिय फुटबलमा बंगलादेशसँग खेल्न लागेको छ ।

भारतीय आईलिग छनोटमा मोहम्मेदन स्पोर्टिङ क्लबलाई शीर्ष डिभिजनमा बढुवा गरि स्वदेश फर्किएका अभिषेक रिजालले भने मैदानमा केही सजिलो महशुश गरे ।

उनले अन्य खेलाडी भन्दा आफुलाई फिटनेशमा केही सहज भएको बताए ।

‘पहिलो दिन खासै समस्या भएन । भारतमा सुरुवाती चरणका निकै समस्या थियो । अहिले फिटनै छु । ८ महिनापछि राष्ट्रिय टिममा जोडिन पाउँदा खुसी छु ।’ आईलिग छनोटमा २ गोल गरेका अभिषेक भन्छन् ।

राष्ट्रिय फुटबल टिमले ७२ सालको भुकम्पछि पहिलो पटक दशरथ रंगशालामा अभ्यास गरेको हो । भुकम्पले रंगशालामा क्षती पुगेपछि राष्ट्रिय फुटबल टिमले त्रिपुरेश्वरस्थित मैदानमा खेल्न पाएको थिएन ।

रंगशाला पुननिर्माणपछि १३ औं सागको उद्घाटन र समापन यसै मैदानमा भएको थियो । दशरथ रंगशालामै नेपालले १३ औं सागमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP