• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
प्रशिक्षण गर्न रोक, सुटिङलाई अनुमति 
नमीन ढकाल
बिहीबार, असोज २२, २०७७ नमीन ढकाल
प्रशिक्षण गर्न रोक, सुटिङलाई अनुमति 

काठमाडौं । ७ महिना भो, खेलाडी मैदान फर्कन पाएका छैनन् ।

कोरोनाको डर देखाउँदै सरकारले खेल अभ्यासका लागि अनुमति दिएको छैन ।

संक्रमण फैलने डरले राखेपले समेत खेलकुद प्रशिक्षणलाई बन्द गराएर बसेको छ ।

दशरथ रंगशाला सहित खेल स्थलमा खेलाडी प्रवेश र प्रशिक्षण प्रतिबन्ध जस्तै छ ।

कोरोनाका डरले खेलाडीलाई थुनेर राखेको राखेपले गीतको सुटिङका लागि भने दशरथ रंगशाला उपलब्ध गराउने दोहोरो मापदण्ड अपनाएको छ ।

खेलाडी घरमा थुनिएर बसेका छन्, तर राखेप दशरथ रंगशालामा कलाकारको सामूहिक सुटिङलाई अनुमति प्रदान गरेको छ ।

एन्फाले खेलाडीको प्रशिक्षणका लागि अनुमती मागेको महिना दिन बित्न लाग्यो । प्रशिक्षण अनुमतिको फाइल अड्किएर मन्त्रीपरिषद् बैठकसम्म पुग्न सकेको छैन । फाइल अघि बढाउने जिम्मेवारी राखेप र खेलकुद मन्त्रालयको हो ।

खेलकुदका कार्यकारी निकायका नेतृत्वकर्ताले प्रशिक्षण खुलाउन कुनै पहल गर्न सकेका छैनन्, सरकारलाई मनाउन सकेका छैनन् ।

अनौपचारिक छलफलमा कोरोनाको डर देखाउँदै खेलाडीको प्रशिक्षण भन्दा जीवन ठुलो भएको दलील पेश गर्ने गर्छन् ।

कोरोनाको डर देखाउँदै खेलाडीको प्रशिक्षण बन्द गर्ने अनि अर्कोतर्फ रंगशालामा सामूहिक सुटिङको अनुमति दिने दोहोरो मापदण्ड राखेप नेतृत्वकर्ताले अपनाएको छ ।

कोरोना महामारीका कारण विश्वकप छनोटको खेल नरोकिएको भए नेपालले बिहिबार मात्रै चाईनिज ताईपेसंग दशरथ रंगशालामा खेल्ने थियो ।

प्रतियोगिता दोस्रो पटकका लागि स्थगित नभएको भए दशरथ रंगशालामै आगामी सोमबार खचाखच प्यारापिटमा भरिएका दर्शकमाझ नेपालले एसियाली पावर हाउस अष्ट्रेलियाविरुद्ध विश्वकप छनोटको अर्को खेल खेल्ने थियो ।

महामारीको असर विश्वभर फैलिरहदाँ त्यसको असर नेपाली खेलकुदमा समेत परेको छ । जसका कारण विश्वकप छनोटको दोस्रो चरणका बाँकी खेल लगातार दोस्रो पटकका अनिश्चित समयका लागि स्थगित भएको छ ।

छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा तीन खेल खेल्दैछ । तर एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता सन् २०२१ सम्म स्थगित गरेपछि छनोट प्रतियोगिता अनिश्चित बनेको अवस्था छ ।

छनोट खेल स्थगित बनेपनि एन्फाले दशरथ रंगशालाको मर्मत सम्भार गर्दै आएको छ । प्रतियोगिता स्थगित भएपनि दशरथ रंगशालाको मैदानमा दुबो उमार्न एन्फाले दिन रात मेहनत गरेको छ ।

प्रतियोगिता सर्दै जाने र मौसमका कारण दुबो नटिक्ने समस्या एन्फाका लागि दुर्भाग्यको विषय बन्दैछ । दुबो टिकाउने मुख्य चुनौती एन्फासामु छ ।

Image may contain: 6 people, people standing and outdoor

रंगशालाको दुबोलाई बिग्रन नदिन एन्फाले लकडाउन र निषेधाज्ञाको समयमा समेत दैनिक मैदानमा ७–८ कर्मचारी लगाएर रेखदेख गराउँदै आएको छ । एन्फाले मैदान मिलाउन थप कर्मचारी समेत झिकाएको छ ।

विगत ८ महिनादेखि दुबो सिगार्न आर्थिक भार बोकेको एन्फाको मेहनतलाई बुधबार भएको एक सुटिङले भने थप चुनौती दिईरहेको थियो ।

बुधबार खेलपाटी टिम दशरथ रंगशाला पुग्दा ‘हे माया सम्झिदा सम्झिदै’ भन्ने गितको सुटिङ भैरहेको थियो ।

कलाकारहरु मैदानको दुबोमा मस्त नाचिरहेका थिए ।

गत शुक्रबार मात्र मैदानमा पुग्दा दुबो टिपिरहेकी एन्फाका एक कर्मचारी भन्दै थिईन्, ‘खेल कहिले हुने हो पत्तो छैन । यो दुबो सिगार्न हामी त घाममै रहनुपर्ने भयो ।’

सुटिङ भैरहेको समय ट्रयाक एण्ड फिल्डमा रहेका म्युजिक भिडियो निर्देशक सरोज ओलीले गीत खेलकुद सम्बन्धितनै रहेका कारण राखेपसँग  अनुमति लिएर सुटिङ गरेको बताए ।

‘राखेपसंग अनुमति लिएर सुटिङ गरेका हौं । गीत खेलकुद सम्बन्धितनै हो । त्यसैले दुई दिनको लागि भाडामा लिएका हौं ।’ ओलीले भने ।

ओलीका अनुसार राखेपले सुटिङका लागि दैनिकी १० हजार भाडामा मैदान दिएको हो ।

दशरथ रंगशाला राखेपको सम्पत्ती हो । यसअघि पनि राखेपले दशरथ रंगशालामै लोकसेवाको परिक्षा, कन्सर्ट, सुटिङ र नेपाल भ्रमण वर्षको उद्घाटन गराएको थियो ।

यस्तै, भाडामा विभिन्न संघ संस्थालाई मैदान दिँदै आएको छ । जुन प्रचलन विश्वभरनै छ । विश्वका ठुला ठुला मैदानमा समेत कन्सर्ट, सुटिङ हुँदै आएका छन् ।

यसपटक फिफा विश्वकप छनोटको तयारी लागि राखेपले एन्फालाई मैदान हस्तान्तरण गरिसकेको छ ।

आफुलाई मैदान हस्तान्तरण गरेर पनि सुटिङका लागि अनुमति दिँदा एन्फाका पदाधिकारी असन्तुष्ट देखिन्छन् ।

‘यत्रो दुख गरेर दुबो बचाईरहेको छौं । हामी पनि दुबोमा हिडेका छैनौं । तर यसरी सुटिङनै गरेर दुबो मासेपछि कसरी जोगाएर राख्नु ?’ एन्फाका एक पदाधिकारीले भने ।

यसअघि मैदान अभावकै कारण नेपालले भुटानमा पुगेर विश्वकप छनोटको होम गेम खेल्न बाध्य भएको थियो । विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध घरेलु मैदानमा हुने खेल फिफा मापदण्ड पुरा नहुँदा न्युट्रल भेन्युको रुपमा भुटानमा पुर्याईएको थियो ।

बिगत ८ महिनादेखि मैदान बाहिर रहेका खेलाडी समेत राखेपको कदमबाट असन्तुष्टि जनाउँदै लज्जाबोध भएको बताउँछन् ।

‘यहि कोरोनाको कारण भन्दै खेलाडी चाही मैदान बाहिर बस्नु परेको छ । खेलाडीले मैदानमा पुगेर खेल्न पाएको छैन । तर त्यहि मैदानमा सुटिङ गर्न त दिनुभएन ।’ राष्ट्रिय टिमका एक खेलाडीले असन्तुष्टि पोखे ।

मैदानमा खेलाडीलाई अभ्यासको स्विकृति नदिने तर सुटिङका लागि मैदान दिने बिषय आफै लज्जाको बिषय भएको ती खेलाडीले बताए ।

‘खेलाडीलाई अभ्यास गर्दा कोरोना लाग्ने भन्दै स्विकृति नदिने तर खेलाडी भन्दा धेरै जम्मा हुने सुटिङलाई चाही अनुमती दिने ? लाज लाग्छ कुरा सुन्दा पनि ।’ उनले भने ।

एन्फाका एक पदाधिकारी सुटिङ जस्तै प्रशिक्षणका लागि पहल गरिदिन राखेपलाई चुनौती दिन्छन् ।

‘जसरी राखेपको नेतृत्वले सुटिङ गर्न स्विकृति दिनुभयो । त्यसै गरि खेलाडीलाई अभ्यासमा फर्काउन पहल गरिदिएको भए राम्रो हुन्थ्यो ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP