मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

सागको सामान खरिदमा भ्रष्टाचार भएको निष्कर्श

बुधबार, २१ आश्विन २०७७खेलपाटी संवाददाता
सागको सामान खरिदमा भ्रष्टाचार भएको निष्कर्श
Classic Tech Internet Ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको पाईएको छ ।

साग प्रतियोगिताको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन अनुसार राखेपले भदौ ३ गते बोर्ड सदस्य गोबिन्द्र भट्टराईको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

समितिले झण्डै डेढ महिना लगाएर तयार पारेको छानविन प्रतिवेदन हिजो (मंगलबार) राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको छ ।

समितिले ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता भएको देखिएको बताएको छ ।

जुत्ता किन्न खेलाडीको पैसा निकासा भएको तर खेलाडीले सामान नपाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

‘ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता देखिएको छ । खेलाडीको जुत्तामा पैसा निकासा भएको छ । तर खेलाडीले पाएको छैनन् ।’ छानविन एक सदस्यले खेलपाटीसंग भने ।

समितिले ब्याडमिन्टनको म्याट खरिदमा समेत अनियमितता भएको निष्कर्श निकालेको छ ।

‘ब्याडमिन्टनको म्याच गुणस्तरहिन देखिन्छ । पैसा अनुसारको सामान देखिदैन ।’ ती सदस्यले भने ।

समितिका सदस्य छानविनको क्रममा स्थलगत निरिक्षणका लागि पोखरा समेत पुगेका थिए । निरिक्षणको क्रममा म्याटको दुर्दशा देखेर आफुहरु चिन्तित बनेको समितिका अर्का एक सदस्यले खेलपाटीलाई बताए ।

‘म्याट खरिदमा लगाईएको आरोपमा आंशिक सत्यता देखिन्छ । तर पोखरामा निरिक्षणको क्रममा जादा ब्याडमिन्टनको हलमा पानी चुहिएको देखियो । म्याट काम नलाग्ने अवस्थामा पुगेको छ । जति रकममा किनेपनि संरक्षण नहुदाँ खेलकुद सम्पत्तीको बिजोग देखिन्छ ।’ उनले भने ।

समितिले छानविनको क्रममा २३ जनासंग बयान लिएर ४१ पेजको प्रतिवेदन राखेप सदस्य सचिव समक्ष बुझाएको छ ।

समितिले सामान खरिद वितरणमा नीतिगत सुधारको सुझाव दिदै प्रक्रियागत भ्रष्टाचार देखिएको निष्कर्श निकालेको हो ।

समितिले प्रतियोगिताको दौरान राखेप र संघहरु बीच समन्व्यको प्रष्ट अभाव देखिएको बताएको छ ।

‘संघका पदाधिकारीसंग छानविनका क्रममा सोधपुछ गर्दा आफुलाई कुनै जानकारी नभएको जवाफ दिए । सबै काम राखेपका कर्मचारीले गरेको हुदाँ त्यसको जिम्मेवार पनि उनीहरुनै हुने संघका पदाधिकारीको बयान छ ।’ एक सदस्यले उल्लेख गरे ।

परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठले सागमा ब्याडमिन्टनमा खेलाडीको जुत्ता तथा म्याट खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि मन्त्रालयको निर्देशनमा राखेपले छानविन समिति गठन गरेको थियो ।

समितिमा बोर्ड सदस्य भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका थिए ।

परिषद्ले समितिलाई छानविनका लागि १५ दिनको समय दिएको थियो । तर सरकारले उपत्यकामा गरेको निषेधाज्ञाका कारण छानविन निर्धारित समयमा पुरा हुन पाएको थिएन । लगत्तै राखेपले १५ दिनको समय थप गरेको थियो । समितिले मंगलबार मात्र प्रतिवेदन राखेप समक्ष बुझाएको हो ।

प्रतियोगिता सम्पन्न भएको झण्डै १० महिना बितेपनि राखेपले सागको खर्च विवरण सार्वजनीक गरेको छैन । कार्यविधिले प्रतियोगिता सम्पन्न हुने बित्तिकै खर्च विवरण सार्वजनकि गर्नुपर्ने उल्लेख छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

विश्वकपअघि घानासँग मैत्रीपूर्ण खेल खेल्दै जर्मनी

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

मेसीलाई टी–२० विश्वकपको टिकट उपहार

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा एनआरटी र गाईघाट भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त