• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
आदित्यको सफल प्रेम कहानी
नमीन ढकाल
शनिबार, असोज १७, २०७७ नमीन ढकाल
आदित्यको सफल प्रेम कहानी

काठमाडौंं । सन् २०१६ को युरो कप चलिरहेको थियो ।

फ्रान्सले आयोजना गरेको प्रतियोगिताको रौनकता नेपालसम्मै छरिएको थियो ।

सेमिफाइनलमा भिड्दै थिए, क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल र वेल्स ।

ठमेलको एक होटलमा ठुलो पर्दामा खेल देखाउने कार्यक्रम थियो । अथितीको रुपमा राष्ट्रिय फुटबल टिमका सदस्यलाई बोलाईएको थियो ।

भरत खवास, नवयुग श्रेष्ठ, अमृत चौधरी र आदित्य चौधरी राष्ट्रिय फुटबल टिमका सदस्यको रुपमा कार्यक्रममा आएका थिए । मोडलिङ क्षेत्रका चिरपरिचित अनुहार समेत फुटबल हेर्न जम्मा भए ।

मोडलिङ गर्ने पनि फुटबलका प्रशंसक हुन्छन् भनेर कार्यक्रमको आयोजना गरिएको थियो । त्यही भिडमा थिईन्, गिता घिसिङ पनि ।

त्यही आदित्य र गिताको पहिलो भेट भएको थियो ।

सामान्य परिचय बाक्लिदै विवाहको आकार ग्रहण गर्यो । केही हप्ता अघिमात्र दुवैले आधिकारिक रुपमा विवाह बन्धनमा बाँधिए ।

Image may contain: 2 people, people standing and outdoor

आदित्यले गत वर्षनै गितासँग विवाह गरेका थिए । तर, गिताको परिवार सम्बन्धमा खुसी थिएन ।

तर आदित्यले सर्लाही लगेरै गितालाई गृह प्रवेश गराएका थिए । आदित्यको परिवार नयाँ सम्बन्धबाट खुसी थियो । तर, गिताको परिवारले झण्डै एक वर्षसम्म कुनै प्रतिकृया दिएको थिएन ।

केही हप्ता अघि मात्र गिताको परिवार समेत सम्बन्धलाई लिएर सहमत बन्यो । गिताको परिवारले आदित्य दम्पत्तीको टिकाटालो गरिदिए ।

आदित्य पहिलो पटक ससुराली समेत गए ।

‘यसअघि उहाँहरु आफ्नो रीतिरिवाज अनुसार स्विकार गर्नु भएको थिएन । अब भने उहाँहरु पनि राजी हुनुभयो ।’ मन्द मुस्कानसहित आदित्यले खेलपाटीसँग खुसी साटे ।

राष्ट्रिय टिमबाट तीन उपाधि हात पारिसकेका आदित्य पोर्चुगलका समर्थक हुन् । वेल्समात्र हैन, फाईनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरो कपनै उचाल्यो ।

पोर्चुगलले पहिलो पटक उपाधि हात पारेको समय आदित्यले आफ्नो जीवनसंगिनी फेला पारेका थिए । सम्बन्धको फाइनल खेल भने ४ वर्षपछि जिते ।

एन्फा एकेडेमी उत्पादन आदित्यले यसै सिजन मनाङ मर्स्याङ्दी क्लबबाट घरेलु लिग खेलेका थिए । त्यसअघि उनले एपीएफ र थ्रीस्टारबाट खेलेका छन् ।

घरेलु लिगको डेब्यु भने थ्री स्टार क्लबबाट गरेका हुन् ।

हाल राष्ट्रिय टिमबाट बाहिर रहेको आदित्यले उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै यू–१४, १५, १६, १९ र २३ का प्रतियोगिता खेलेका छन् ।

सन् २०१४ मा प्यालेस्टाईनविरुद्ध खेल्दै आदित्यले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । प्रशिक्षक ज्याक स्टेफानोस्कीले आदित्यलाई विश्वास गर्दै कतार भ्रमणमा लगेका हुन् । त्यसपछि उनले सन् २०१८ को साफ च्याम्पियनसिपसम्म राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका छन् ।

बंगलादेशमा सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएपछि आदित्य विभिन्न कारणले टिम बाहिर छन् ।

नेपालले एएफसी सोलिडारिटी कप, बंगबन्धु गोल्डकप र गुहावटीमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग जित्दा आदित्य नेपाली टिमका मुख्य सदस्य थिए ।

तीनै प्रतियोगिताका मुख्य सेन्टर डिफेन्डर हुन्, आदित्य ।

भर्खरै मात्रै औपचारिक रुपमा विवाह–बन्धनमा बाँधिएका आदित्यलाई पारिवारिक सम्बन्धसंगै फुटबल करियरलाई समेत उकालो लगाउनुपर्ने चुनौती छ ।

बैबाहिक बन्धनमा बाँधिएका आदित्यले तत्काल सन्तानको बारेमा सोचेका छैनन् ।

हाल राष्ट्रिय टिममा आफ्नो स्थान खोजिरहेका आदित्य सन्तान भन्दा राष्ट्रिय टिममा आफ्नो गुमेको स्थान फिर्ता ल्याउने सोचमा छन् ।

‘सन्तानका बारेमा अहिले सोचेको छैन । आफ्नो गुमेको लय र स्थान खोज्न मेहनत गर्छु । युवा टिम रहेको हुँदा धेरैनै मेहनत गर्नुपर्ने हुन्छ । क्लब स्तरमा राम्रो गर्नुछ ।’ आदित्य भन्छन् ।

हाल राष्ट्रिय टिममा आदित्यलाई देवेन्द्र तामाङलाई प्रतिस्थापन गरेका छन् ।

प्रशिक्षक योहान कालिनका प्रिय खेलाडी हुन्, देवेन्द्र । निकै मेहनती र खेलमा शतप्रतिशत दिने देवेन्द्रको स्थान लिनु आदित्यलाई ठुलो चुनौती छ ।

राष्ट्रिय टिम हेरेको लामो समय बितिसक्दा समेत प्रशिक्षक कालिनले आफ्नो प्लेईङ सेट तयार पार्न सकेका छैनन् । जसको फाइदा आदित्यले लिन सक्छन् ।

‘पहिलो पनि देवेन्द्र र म नै प्रतिस्पर्धामा हुन्थ्यौं । मैले खेलिरहँदा उसलाई मौका दिएको थिईन । पहिला क्लबको लागि राम्रो गरेर राष्ट्रिय टिमको लागि तयारी गर्छु । पुनः आफ्नो लय र स्थान फर्काउँछु ।’ उनी भन्छन् ।

Image may contain: 5 people, people standing

तस्बिर- आदित्यको फेसबुक 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP