• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
उपाधिको तीन वर्ष, खेलाडीले पाएनन् पुरस्कार
नमीन ढकाल
सोमबार, असोज १२, २०७७ नमीन ढकाल
उपाधिको तीन वर्ष, खेलाडीले पाएनन् पुरस्कार
साफ यू-१८ विजेता नेपाली टिम । फाइल फाेटाे

काठमाडौं । सन् २०१७ सेप्टेम्बर २७, राष्ट्रिय यू–१८ फुटबल टिमले साफ च्याम्पियनसिपको उपाधि हात पारेको दिन ।

भुटानको राजधानी थिम्पुमा भएको प्रतियोगितामा उपाधि जित्दै नेपालले उमेर समूहले एकै प्रतियोगितामा लगातार दोस्रो उपाधि जितेको कीर्तिमान बनाएको थियो ।

प्रतियोगिता जितेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको युवा टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले भब्य स्वागत पनि गर्याे ।

राष्ट्र र एन्फाको नाम उचो बनाएको भन्दै खेलाडीलाई पुरस्कार दिने घोषणा गरियाे । 

तत्कालिन अध्यक्ष नरेन्द्र श्रेष्ठको कार्यसमिति बैठकले विजेता खेलाडीलाई जनही २ लाखका दरले पुरस्कार दिने निर्णय गरेको थियो । तर निर्णय गरेको कार्यसमितिनै एन्फाको चुनावमा पराजित हुन पुग्यो । एन्फाको नेतृत्वमा कर्माछिरिङ शेर्पा आएका छन् ।

खेलाडीले ठुलो आशा गरेका थिए । नयाँँ कार्यसमिति, नयाँ अध्यक्ष, अब त तोकिएको पुरस्कार रकम सहजै आउँछ । तर सोचेजस्तो भएन । साफकाे उपाधि जितेको ३ वर्ष पनि पुरा भएकाे छ । तर युवा टिमले एन्फाद्धारा घाेषित पुरस्कार अझै पाउन सकेको छैनन् ।

‘निकैनै मेहनत गरेका थियौं । ती दिनका यादहरु सम्झनामा आउँछन् । मेहनत अनुसार नतिजा पनि आएको थियो र प्रतियोगिता पनि जित्यौं ।‘ तत्कालिन टिमका कप्तान अर्पण कार्कीले खेलपाटीसँग पुराना दिन सम्झिए ।

उमेर समूहको साफ यू–१९ को प्रतियाेगिताकाे सुरुवात नेपालबाटै भएको थियो । पहिलो संस्करण नेपालले आयोजना गरेको थियो । विजेता पनि नेपालनै रह्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।

अन्तिम वर्ष भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । स्वयम्भूस्थित एपीएफको हलचोकमा भएको प्रतियोगितामा नेपालले कुनै पनि खेल जित्न सकेन । यस वर्ष कोरोना कहरका बीच प्रतियोगितानै रद्ध भयो ।

तीन वर्ष अघि उपाधि हात पारेर पनि घोषित पुरस्कार नपाएका तत्कालिन खेलाडी एन्फाले आफुलाई बच्चाको जस्तो व्यवहार गरेको र सिनियर टिमलाई मात्रै हेरेको आरोप लगाउँछन् ।

‘सबैले सिनियर टिमको लागि मात्रै हेर्छन् । सिनियर टिमको तलबको बिषयमा मात्रै कुरा आउँछ । हामीले गरेको योगदान के भयो ?’ टिमका एक खेलाडी प्रश्न गर्छन् ।

‘उपाधि जितेको तीन वर्ष पुरा भयो । मेहनतको प्रतिफल पाउने नपाउने टुंगो छैन । सबैले ठुला खेलाडीलाई मात्रै हेर्छन् । तत्कालिन एकेडेमीको खेलाडीलाई कसैले नि वास्ता गरेको छैन । हाम्रो कुरा कसैले सुन्दैन । सुन्नेले पनि जसरी हुन्छ टार्न खोज्छन् । अव हाम्रो कुरा सुनिदिने कसले ? जहिल्यै दिने भनेर टारेर हुदैन । नदिने भए हामी पनि चुप बस्छौं । बच्चालाई चकलेट दिन्छौ भनेर फकाएको जस्तो भएको छ ।’ घोषित पुरस्कार रकम नपाएपछि आक्रोशित एक खेलाडी भन्छन् ।

यसअघि पनि एन्फाले खेलाडीलाई बारम्बार पुरस्कार दिने प्रतिबद्धता जनाएको थियो । खेलपाटीले यस बिषयमा ‘फलोअप’ गर्दा एन्फाबाट आउने प्रतिक्रिया पनि पुरानै दोहाेरिन्छ ।

‘हामीसँग अहिले आर्थिक अभाव छ । खेलाडीलाई घोषित पुरस्कार रकम दिन स्रोत खोजिरहेको छौं ।’ एन्फाले यसअघि बताएको थियो ।

दोस्रो पटक ‘फलोअप’ गर्दा समेत एन्फाले लकडाउन सकिएर जनजिवन सामान्य भएपछि खेलाडीको पुरस्कार दिने बताएको थियो ।

यसपटक समेत पुरस्कारको बिषयमा जानकारी लिदा एन्फाले स्रोतनै नभएको बताएकाे छ ।

एन्फा प्रवक्ता किरण राईले खेलाडीलाई दिने पुरस्कारको विषयमा एन्फा सकारात्मक रहेको र स्रोतको खोजी भईरहेको बताउँछन् ।

‘पुरस्कार दिने बिषयमा एन्फा सकारात्मकनै छ । स्रोत झिकाउने काम भैरहेको छ । लकडाउनले सबै बन्द हुँदा काम हुन पाएका छैनन् ।’ उनले भने ।

प्रवक्ता राईले एन्फाको आय स्रोतनै प्रतियोगिता भएको र सो आयोजना नहुँदा पुरस्कार दिन ढिलाई भएको बताउछन् ।

‘एन्फाको आयस्रोत भनेकै प्रतियोगिता हो । जुन हुन पाएकै छैन । हामी अन्य स्रोत खोजिरहेका छौं । यस बिषयमा एन्फा सकारात्मक छ ।’ प्रवक्ता राई भन्छन् ।

खेलाडी भने कोरोनाले गर्दा आफ्नो आर्थिक अवस्था कमजोर भएको र यस समयमा एन्फाले घोषित रकम दिए सहज हुने बताउँछन ।

‘यो बेला (कोरोना समयं) एन्फाले हाम्रो पुरस्कार दिएको भए धेरै राम्रो हुन्थ्यो । फुटबल खेल्न पाएको छैन । पैसा कमाउन नसकेको अवस्था छ । घरमै बस्नुपर्ने अवस्था छ । अव त आर्थिक स्थिति पनि कमजोर भैसक्यो । यस्तो बेला एन्फाले दिने भनेको रकम दिएको खण्डमा सहज वातावरण हुन्थ्यो ।’ एक खेलाडीले खेलपाटीसंग भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP