• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
किन ओझेलमा ला मासिया ?
सन्जिब कुमार साह
शुक्रबार, असोज ९, २०७७ सन्जिब कुमार साह
किन ओझेलमा ला मासिया ?

एजेन्सी । बार्सिलोनाको मुल मन्त्र हो, ‘मेस क्वि अन क्लब’ ।

यसलाई सरल रुपमा अनुवाद गर्दा बार्सा केबल एक क्लब मात्र होईन, यो ‘मोर दयान क्लब हो ।’

बार्सिलोनाले प्राप्त गरेको सफलताले क्लब स्पेनमा मात्र नभएर विश्वमानै प्रसिद्ध छ । क्लबको सफलतामा युथ एकेडेमी ‘ला मासिया’को महत्वपूर्ण भूमिका छ ।

एकातिर बार्सिलोनाको पछिल्लो खराब प्रर्दशन र अर्कोतर्फ ला मासियाबाट पहिलो टिममा युवा खेलाडीको कमी आउनु संयोग मात्र होला त ?

के हो त ला मासिया ?

ला मासिया बार्सिलोनाको सिद्धान्त र प्रशिक्षण शिक्षाको समष्टिगत स्वरुप हो । ला मासियालाई बार्सिलोनाको युथ एकाडेमी भनिन्छ । यसमा बिभिन्न उमेर समूहका खेलाडीले फूटबलका साथै अन्य विषयको शिक्षा आर्जन गर्छन् ।

यसको स्थापना सन् १९७९ मा भएको हो । सन् १९८८ योहान क्रुफको बार्सिलोना प्रशिक्षकको रुपमा नियुक्तिपछि यो विश्वमानै प्रसिद्ध युथ एकेडेमीको रुपमा स्थापित हुन पुग्यो ।

बार्सिलोनाको सन् २००८ पछि प्राप्त गरेको सफलतामा ला मासियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वका सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सी पनि ला मासियाकै उत्पादन हुन् ।

मेस्सी सहित कार्लोस पुयोल, भिक्टोर भाल्डेज, जाभी हर्नान्डेज, आन्द्रे इनिष्टा, बुस्केट जस्ता चर्चित खेलाडी ला मासियाकै उत्पादन हुन् ।

सन् २०१० को वालेन डी ओरको पुरस्कारमा शीर्ष ३ जना खेलाडीमा परेका मेस्सी, जाभी र इनिष्टा ला मासियाकै उत्पादन थिए । स्पेनको सन् २०१० को विश्वकपको उपाधि उचाल्दा ९ जना खेलाडी ला मासियाकै उत्पादन थिए ।

सन् २००४ देखि विश्व प्रसिद्ध वालेन डी ओर पुरस्कारकाे शीर्ष ३ मा सधै ला मासियाकै उपस्थिती हुने गर्दछ । 

तर पछिल्लो समय ला मासियाबाट पहिलो टिममा खेल्ने राम्रा खेलाडी उत्पादनमा कमी आउन थालेको छ ।

सन् २०१९-२० को बार्सिलोनाको टिममा २९ खेलाडी थिए, जसमध्ये १२ खेलाडी ला मासियाका उत्पादित थिए । यद्यपि ३० वर्ष भन्दा कम उमेरका पहिलो टिमका नियमित खेलाडीमा सर्जी रोबर्टो र राफिन्हाले मात्र ३२ भन्दा बढि खेलमा सहभागी भएका थिए ।

सन् २०१२ मा ला मासियाका जोर्डी आल्बापछि सर्जी रोबर्टो र राफिन्हा मात्र बार्सिलोनाका लागि सय भन्दा बढी खेलमा सहभागी हुन सफल भएका छन् ।

किन ओझेलमा ला मासिया ?

पछिल्लो दशक विभिन्न कारणले ला मासियामा उत्पादित खेलाडी ओझेलमा पर्न थालेका छन् ।

पहिलो कारणको रुपमा क्लबले खेलाडीलाई लोन प्रणालीलाई प्रभावकारी रुपमा उपयोग गर्न नसक्नुलाई लिईएको हो ।

सामान्य रुपमा क्लब एकेडेमीमा १९ वर्ष भन्दा कम उमेरका खेलाडी मध्य १० प्रतिशत खेलाडी पहिलो टिममा खेल्ने, ४० प्रतिशत खेलाडीलाई लोनमा अर्को क्लबबाट खेल्ने मौका दिने र बाँकी ५० प्रतिशत खेलाडीलाई बाहिर निकाल्दै नयाँ खेलाडी भर्ना गर्ने गरिन्छ ।

तर बार्सिलोनाले खेलाडीलाई बाहिर निकाल्न नसक्दा गत वर्ष ३६ जना १८ वर्ष भन्दा कम उमेरका थिए । यस्तै, २२ जना १९ वर्ष भन्दा कम उमेर र २४ जना बी टिममा रहेका थिए । धेरै खेलाडीको संख्याले सबैले खेलमा सहभागी हुन पाएका छैनन्, जसको असर युवा खेलाडी उत्पादनमा परेको छ ।

दोस्रो कारणको रुपमा बार्सिलोना आफ्नो सफलताको आफै सिकार भएको मानिन्छ । सन् २००८ पछि ‘टिकी–टाका गोल्डेन जेनेरेसन’का जाभी, इनिष्ट, जेरार्ड पीके, वुस्केट जस्ता खेलाडीलाई पहिलो टिममा खेल्न पार गर्ने बाटो अहिलेको भन्दा निकै सहज थियो ।

त्यस पुस्ताका खेलाडीले बार्सिलोनालाई निकै सफल क्लब बनाए । अब पहिलो टिमबाट खेल्न युवा खेलाडी निकै उत्कृष्ट हुनुपर्छ । युवा खेलाडीले गल्ती गर्नु स्वभाविक हो तर बार्सिलोनामा चर्को प्रतिस्पर्धा हुन्छ । नयाँ खेलाडीको परिक्षण हुने सम्भावनानै रहदैन ।

Sergi Roberto (L) is the only academy product to secure a regular starting berth in recent years

तेस्रो कारणको रुपमा बार्सिलोना प्रकृयामुखी भन्दा बढी नतिजामुखी देखिएको आरोप लाग्छ ।

ला मासियाको सिद्धान्त थ्री पीमा आधारित छ । अर्थात पोसेसन्, पोजिसन् र प्रेसिङ्ग । तर पछिल्लो समय ला मासियाले सिद्धान्त त्याग्दै बढि नतिजामुखि बन्दै गएको देखिन्छ । छोटो समयको नतिजालाई ध्यान दिएर युथ टिममा पनि बाहिरी खेलाडी खरिद गर्दा ला मासियाकै युवाले खेल्ने मौका कम भएको देखिन्छ ।

पेप ग्वार्डीओला बार्सिलोना प्रशिक्षकको रुपमा नियुक्त हुदाँ उनले २८ जना ला मासियाकै युवालाई पहिलो टिममा खेल्ने मौका दिएका थिए । तर सन् २०१२ मा उनले बार्सिलोना छाडेपछि पहिलो टिममा आउने संख्यामा पनि निकै कमी हुन थाल्यो ।

लुईस एनरिके र इर्नेस्टो भालभर्डेको कार्यकालमा पनि ला मासियाबाट खासै पहिलो टिममा खेलाडी आएनन् । भालभर्डेको कार्यकालमा सन् २०१८ मा ईतिहासमै पहिलो पटक बार्सिलोनाको ११ खेलाडी मध्य कुनैपनि खेलाडी ला मासियाका उत्पादन थिएनन् ।

Eric Garcia was a youth product of La Masia but joined Manchester City in the summer of 2017

चौथो कारण पैसाको प्रभावलाई मानिएको छ । फुटबलमा पैसाको चलखेल निकै बढेको छ । खेलाडीका एजेन्टले एकबाट अर्को क्लब सरुवा गर्दा पाउने कमिशन र खेलाडीमा पैसाले पार्ने प्रभावले ला मासियाका युवा खेलाडीलाई अरु क्लबले खोस्ने गरेका छन् । यसको एक उदाहरणको रुपमा एरिक गार्सियाको म्यान्चेस्टर सिटीमा भएको सरुवालाई हेर्न सकिन्छ ।

पाँचौ कारण क्लबको राजनीतिलाई जोडेर हेर्ने गरिन्छ । बार्सिलोनाको अध्यक्षको चुनावमा लोकप्रिय उम्मेदवार बन्न महङ्गोमा खेलाडी खरिदको होडबाजी चल्छ । अहिलेका अध्यक्ष जासेप बर्टोमेउले पनि कीर्तिमानी मुल्यमा उसमान डेम्बेले, फिलिप कौटिन्हो र एन्टोनी ग्रिजम्यानलाई क्लबमा भित्र्याएका थिए । ठुला मूल्यका स्टार खेलाडी मैदान उतार्ने दबाब प्रशिक्षकलाई हुन्छ । जसका कारण युवा खेलाडीले कम अवसर पाउँछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP