• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
कसरी बसाल्ने बिदाइको संस्कार ?
नमीन ढकाल
शनिबार, भदौ १३, २०७७ नमीन ढकाल
कसरी बसाल्ने बिदाइको संस्कार ?

काठमाडौं । कप्तान विराज महर्जन पछिल्लो समय राष्ट्रिय फुटबल टिम बाहिर रहदै आएका छन् ।

प्रदर्शन र फिटनेशको समस्या भन्दा पनि स्विडिस प्रशिक्षक योहान कालिनसँगको सम्बन्धका कारण विराज टिम बाहिर रहेको जानकारहरु बताउँछन् । उनी विगत १ वर्षदेखि टिम बाहिर रहेका छन् ।
यसबीचमा नेपालले मैत्रीपूर्ण खेलसँगै महत्वपूर्ण प्रतियोगिता खेलिसकेको छ । तर उनलाई प्रारम्भिक छनोटमा समेत बोलाईएको छैन ।

एन्फा र प्रशिक्षक समेत बिराजको विषयमा मुख खोल्न चाहँदैनन् । उनले अब राष्ट्रिय टिमबाट सन्यास लिने निधो गरेका छन् । त्यसअघि कम्तिमा घरेलु दर्शकमाझ सुखद बिदाइ लिने उनको इच्छा छ ।

बिराज मात्र हैन, राष्ट्रिय फुटबल टिमका धेरै खेलाडी सुखद बिदाइको प्रतिक्षामा छन् ।

स्ट्राइकर जुमानु राई र सन्तोष साहुखल तथा मिडफिल्डर भोलानाथ सिलवाल र राजु तामाङ राष्ट्रिय टिमबाट सुखद बिदाइको प्रतिक्षामा छन् । बिराज बाहेक अन्य चार खेलाडी विगत ९ वर्षयता राष्ट्रिय टिम बाहिर छन् । सबैको चाहना कम्तिमा सुखद बिदाइ रहेको छ ।

पूर्व कप्तान तथा स्ट्राइकर अनिल गुरुङकै ब्याजका हुन्, विराज, भोला, राजु, जुमानु र सन्तोष । नेपालका लागि १० अन्तराष्ट्रिय गोल गरेका अनिलले एन्फा कम्प्लेक्समा तत्कालिन अध्यक्ष नरेन्द्र श्रेष्ठको हातबाट कोट लगाउँदै बिदाइ पाएका थिए । अनिलले अन्तराष्ट्रिय खेलमार्फत सुखद बिदाई पाए । तर अन्य खेलाडी पनि अनिलको जस्तै बिदाइ चाहन्छन् ।

महत्वपूर्ण समय देशकालागि समर्पण गरेका खेलाडीहरु बिदाइ नपाउँदा खिन्न छन् । हुन त सबै खेलाडीको बिदाइ खेल जिवन जस्तो शानदार त रहदैन तर राष्ट्रका लागि योगदान गरेका खेलाडीको सुखद बिदाइको संस्कार एन्फामा बस्न सकेको छैन ।

राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षकको जिम्मेवारी सम्हालेका महिला विभाग प्रमुख हरि खड्का आफुले पनि राम्रो बिदाइ नपाएकोमा गुनासो गर्छन् । नेपालका लागि सर्वाधिक १३ गोल गरेका खड्काले खेलाडीलाई सम्मानपूर्वक बिदाइ गर्ने संस्कारनै खेलकुदमा नभएको बताउँछन् ।

‘राज्यले खेलकुदमा हेर्ने नजरनै फरक छ । कन्जुस गरेको जस्तो देखिन्छ । खेलाडीले गरेको योगदानको कदर हुँदैन । यो हाम्रो समयमा पनि थियो र अहिले पनि यथावत छ ।’ उनी भन्छन् ।

प्रशिक्षक खड्का खेलाडीको सुखद बिदाइको संस्कार फुटबलको नेतृत्वले स्थापित गर्नुपर्ने तर्क गर्छन् ।

बालगोपाल महर्जन र उपेन्द्रमान सिंह घरेलु फुटबलमा अझै सक्रिय छन् । दुबैले सन् २००५ मा तत्कालिन युवराज धिराज पारस विर बिक्रम शाहको हातबाट कोट लगाएर बिदाइ पाएका थिए । थ्री स्टार क्लबबाट प्रेसिडेन्ट कप खेल्दा उनीहरुको दशरथ रंगशालामा बिदाइ भएको थियो । त्यसपछि एन्फाबाट कोट सहित बिदाइ पाउने अनिल एक्ला खेलाडी हुन् ।

No description available.

पूर्व कप्तान राकेश श्रेष्ठले पनि घरेलु मैदानमा बिदाइ पाएनन् । एन्फाले गरेको सम्मान कार्यक्रमबाटै उनले सन्यासको घोषणा गरे ।

‘मेरो संन्यास स्टेजमार्फत भयो । तत्कालिन समयमा उमेरले पनि साथ दिएको थिएन । नयाँ खेलाडी आउने क्रम जारी थियो । एन्फाले कार्यक्रम गरेर अपार्टमेन्ट दिएपछि स्टेज मार्फतनै संन्यास घोषणा गरेको हो ।’ हाल उमेर समूहका खेलाडी हेरिरहेका राकेशले भने ।

एन्फाले यस बिषयलाई आफुहरुले गम्भिर रुपमा हेरेको बताउँछ ।

एन्फा प्रबक्ता किरण राई खेलाडीको बिदाइ विषयमा एन्फा सकारात्मक रहेको उल्लेख गर्दै शैद्धान्तिक रुपमा यसमा लाग्ने बताउँछन् ।

‘खेलाडीको बिदाइको बारेमा हामीले नसोचको हैनौं । हामी सकारात्मक छौं । सैद्धान्तिक रुपमा यसलाई पुरा गर्नतर्फ अग्रसर छौं ।’ उनी भन्छन् ।

प्रबक्ता राई अन्तराष्ट्रिय प्रतियोगिता सहित खेलाडीलाई बिदा गर्ने विषयमा फुटबल संघ तयार रहेको बताउँदै खेलाडी समेत यसमा सचेत हुनुपर्ने बताउँछन् ।

‘हाम्रो चाहना पनि खेलाडी बिदाइ नै हो । कोट लगाउने मात्रै हैन । अन्तराष्ट्रिय खेल खेलाएर बिदा गरौ भन्ने हो । तर त्यसको लागि मैदान चाहियो । पहिला त खेलाडीनै फिट हुनुपर्याे । कोचले उसलाई विश्वास गर्न सक्ने हुनुपर्याे । कोचले पनि रिजल्ट हेर्छ र सोहि अनुुरुप खेलाडी तयार हुनुपर्याे । हामी सकारात्मक छौं ।’ उनी भन्छन् ।

समस्या खेलाडीमा पनि -

देशका लागि योगदान दिएका खेलाडीले सुखद बिदाइ नपाउनु पिडादायी क्षणनै हो । एन्फासंगै स्वयम खेलाडी समेत यसमा जिम्मेवार देखिन्छन् ।

‘जब खेलाडीको उमेर ढल्किदै जान्छ, तब उ प्रशिक्षकको नजरमा समेत गल्दै जान्छ । जब उसले संन्यासको बारेमा सोच्छ, निकै ढिला भैसकेको हुन्छ । उसले कहिल्यै पनि प्रशिक्षक र प्रशासनसँग आफ्नो भविष्य बारेमा सल्लाहनै गर्दैन ।’ एन्फाका एक पदाधिकारी भन्छन् ।

एन्फा प्रवक्ता राई संयोग, परिस्थिती र सन्दर्भ नमिल्दा खेलाडीलाई ब्यवस्थित तरिकाले बिदाइ गर्न समस्या आएको बताउँछन् ।

‘ बिदाइको विषयमा पहिला सन्दर्भ, परिस्थिति र संयोग सबै मिल्नुपर्ने रहेछ । सुखद बिदाइको लागि खेलाडीले आफुले सन्यास कहिले लिने हो भन्ने कुरा निधो हुन पर्यो । सोहि अनुरुप घरेलु मैदानमा अन्तराष्ट्रिय खेल हुनुपर्याे ।’ उनी भन्छन् ।

‘राष्ट्रिय टिम भनेको जागिर जस्तो हुँदैन । प्रशिक्षकले छनोट नगरेपछि बाहिर बस्नपर्ने समय निश्चित हुन्न । यस विषयमा खेलाडीले पनि पहिल्यै सोचेमा समस्या नआउन सक्छ । खेलाडीको सुझावसँगै प्रशासनले बिदाईको तयारी गर्ने हो ।’ राई भन्छन् ।

प्रशिक्षक राजुकाजी शाक्य पनि खेलाडीले आफ्नो भविष्यबारे पहिल्यै सोचेर एन्फासँग सहकार्य गरेर संन्यासको लागि तयारी गर्नुपर्ने बताउँछन् ।

‘खेलाडीले सधै राष्ट्रिय टिमबाट खेल्छु र टिममा परिरहन्छु भन्ने सोच राख्नुहुँदैन । खेलाडीले मेरो समय आयो भन्ने थाहा पाएपछि एन्फासँगको सहकार्यमा बिदाइ लिनुपर्छ । यो हाम्रोमा संस्कारनै छैन । त्यसले गर्दापनि समस्या देखिएको हो ।’ उनी भन्छन् ।

‘तर एन्फाले पनि खेलाडीको योगदान विर्सनु भएन । एउटा मैत्रीपूर्ण खेल आयोजना गरेर खेलाडीको सम्मानपूर्वक बिदाइ गर्नुपर्छ ।’ शाक्य थप्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP