बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेस्सी अब कता ?

बिहिबार, ११ भाद्र २०७७खेलपाटी संवाददाता
मेस्सी अब कता ?
Loading ad...
mustang rice ad

एजेन्सी । स्टार फुटबलर खेलाडी लियोनल मेस्सीले समर ट्रान्सफरमा बार्सिलोना छाड्ने निर्णय गरेका छन् । मंगलबार ३३ वर्षीय फरवार्डले क्लबलाई एक फ्याक्स पठाए, र क्लब छाड्ने बताए ।

उनले फ्याक्समा क्लबको सम्झौताबाट आफुलाई मुक्त गर्न अनुरोध गरे । यसका लागि उनले सम्झौतामा राखिएको एक शर्तलाई उल्लेख गर्दै आफुलाई रिलिज गरिदिन भनेका हुन् ।

तर बार्सिलोना भने शर्तको समय समाप्त भएको मान्छ । उसले अब मेस्सीको क्लबसंगको सम्झौता सन् २०२१ सम्म रहेको दाबी गरेको छ । मेस्सीको अनुबन्धनमा ७ सय मिलियन युरोको एक शर्त समेत उल्लेख छ ।

यस बिषयलाई लिएर मेस्सी र क्लबबीच कानुनी लडाँई चल्ने सक्ने अनुमान गरिएको छ । मेस्सीको अनुबन्धनमा जुन शर्त छ, उनले जुन १० अघि जानकारी गराए लागू हुने अवस्था थियो ।

बार्सिलोनाले अब मेस्सीले क्लब छाड्न सक्ने समय घर्किसकेको बताएको छ । क्लबको बोर्डलाई विश्वास छ, उसले कुनैपनि कानुनी लडाँई जित्न सक्नेछ ।

तर मेस्सी र उनको टिम भने कोरोना भाईरसका कारण सिजन अगष्टसम्म बढेको कारण यस शर्तको समय सिमा समेत अगष्टसम्म बढ्ने दाबी गर्छ ।

विवाद हेर्दा यस बिषय अदालतमै गएर टुङ्गिने देखिएको छ । चाँडै क्लबको बोर्डले यस बिषयमा निर्णय लिनेछ ।

Messi's last game for Barcelona is likely to be the humiliating 8-2 defeat against Bayern Munich

केहीलाई लाग्छ, एक चिजले मात्र मेस्सीको बहिर्गमन रोक्न सक्छ, त्यो भनेको बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउको राजीनामा र जति सक्दो चाँडो क्लबको चुनाव ।

मेस्सीले क्लब छाड्ने निर्णय जुन हालतमा लिएपनि खबर प्राप्त गर्ने बित्तिकै बार्सिलोनाका प्रशंसक नाउ क्याम्प बाहिर भेला भएर मेस्सीको समर्थन र बोर्डकोबिरुद्धमा प्रर्दशन गरे ।

मेस्सीले कीर्तिमानी ६ पटक फिफा वालेन डी ओर जितेका छन् । उनले चार पटक क्लबलाई च्याम्पियन्स लिग जिताएका छन् । उनले बार्सिलोनामा सन् २००४ बाट फुटबल करियर सुरु गरेका थिए ।

भर्खरै च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८–२ ले पराजित भएपछि मेस्सीले क्लब छाड्ने निर्णयमा पुगेका हुन् ।

The 33-year-old wants to use a clause in his contract to leave for free but Barca will not allow it

बिकल्प के ?

मेस्सीलाई बार्सिलोनाले छाड्ने अनुमती दिएको खण्डमा मेस्सील कुन क्लबबाट खेल्छन् ?

एक कुरा प्रष्ट छ, विश्वका सबै क्लब मेस्सीलाई आफ्नो क्लबमा अनुबन्धन गर्न चाहन्छन् । तर उनलाई क्लबमा राख्न सजिलो छैन, विश्वका केही क्लबमात्र यसको सामथ्र्य राख्छन् ।

मेस्सीसंग एक विकल्प छ, उनी अर्जेन्टिना फर्किने । आफ्नो शहर रोजारियोको क्लब नेवेल्स ओल्ड बाँयबाट खेल्ने ।

उनी सधै भन्ने गर्थे, आफ्नो स्कुले दिनको क्लब नेवेल्सबाट सन्यास लिनु अघि पुन खेल्न चाहन्छु ।

तर मेस्सीले सुरक्षालाई लिएर चिन्ता ब्यक्त गर्छन् । आफ्ना तीन बच्चाको सुरक्षा चिन्ताका कारण उनलाई अर्जेन्टिना जान रोकेको हो ।

मेस्सी धेरै बर्ष ईङ्लिस फुटबलका प्रशंसक रहेका छन् । उनी प्रिमियर लिगको बारेमा राम्रो जानकारी समेत राख्छन् । सोही कारण उनी म्याचेष्टर सिटी जाने सम्भावना रहन्छ ।

निश्चित रुपमा उनी पेप ग्वार्डीओलाका कारण सिटी जान सक्छन् । यसका साथै उनी फेरा सोरियानो र टिक्ककी बेगिरिस्टेनका कारण समेत सिटी पुग्ने लाख काटिएको छ ।

दुवै खेलाडीले यसअघि बार्सिलोनाबाट खेलेका थिए । ग्वार्डीओला बार्सिलोनाको प्रशिक्षक रहिसकेका छन् । र उनी एक स्पेनिस म्यानेजर हुन् ।

म्यान्चेष्टर सिटी यस्तो क्लबमा पर्छ, जो मेस्सीको अपेक्षा अनुसार पैसा दिन सक्छ । दोस्रो कुरा पेप यस्तो रणनीति बनाउन सक्छन्, जसमा मेस्सी उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । पछिल्ला केही बर्ष मेस्सीले बार्सिलोनामा त्यो गर्न सकेका छैनन् ।

Lionel Messi has longed to be reunited with Pep Guardiola ever since he quit the club in 2012 

स्पेनबाट प्राप्त पछिल्लो रिपोर्ट अनुसार सिटीले मेस्सीका लागि म्यान्चेष्टर युनाईटेडसंग कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । स्पेनको राष्ट्रिय टेलिभिजन नेकवर्क कुआट्रोका अनुसार युनाईटेड मेस्सीलाई अनुबन्धन गर्न गम्भिर प्रयास गरिरहेको बताएको छ ।

योसंगै चेल्सी, लिभरपुल र आर्सनल समेत मेस्सी अनुबन्धनका लागि ठुलो रकम खर्च गर्न तयार हुन सक्छन् ।

मेस्सीका बच्चा बार्सिलोनाको बाहिरी इलाकामा रहेको ब्रिटिस स्कुलमा पढिरहेका छन् । सोही कारण उनका लागि ईङ्ल्याण्डको विकल्प राम्रो हुन सक्छ । यसका लागि उनको परिवारले नयाँ परिवेशमा धेरै समस्या भोग्नु पर्ने छैन ।

-बीसीसीबाट अनुवाद 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन