• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
कस्तो हुँदैछ महिला खेलाडीको तीज ?
खेलपाटी संवाददाता
शुक्रबार, भदौ ५, २०७७ खेलपाटी संवाददाता
कस्तो हुँदैछ महिला खेलाडीको तीज ?

काठमाडौं । भदौ शुक्ल तृतीया अर्थात आज हरितालिका तीज । हिन्दु धर्मावलम्बी नारीको महान् चाड । नारीले अघिल्लो रात दर खाएर दिनभर ब्रत बस्ने दिन ।

घर, परिवार, इष्ट मित्र, साथीसंगी संग रमाउने दिन । नजिकैको मन्दिरमा भगवानको आराधना सहित नाचगान गर्ने दिन ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)का कारण तीजका सबै रमाईलो नारीका लागि पर भएका छन् ।

विश्वभर फैलिएको कोरोनाबाट नेपाल पनि अछुतो छैन । नेपालमा समेत हाल तिव्रगतिमा कोरोनाको संक्रमण फैलिरहेको छ । जसका कारण पुनः एक पटक देशभर निषेधाज्ञा जारी गरिएको छ । जसका कारण मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । मन्दिरसम्म जाने अवस्था छैन ।

सरकारले अत्यावश्यक काम बाहेक घर बाहिन निस्कन निषेध गरेको छ । भौतिक दुरी अनिवार्य कायम राखेर मास्क लगाउन निर्देशन जारी गरेको छ ।

अघिल्लो वर्ष धुमधामसंग तीज मनाएका महिला खेलाडी तथा पदाधिकारी यसपटक लकडाउनमै थन्किएका छन् । उनीहरुले जमघट गरेर यस पटक तीज मनाउनै पाएनन् ।

गत वर्षको तीजमा अखिल नेपाल फुटबल संघ (एन्फा)को महिला संघले औपचारिक कार्यक्रम आयोजना गर्दै तीज मनाएको थियो । एन्फा भवन सातदोबाटोमा बिहानको समयमा खेलाडीहरु महिला संघका पदाधिकारीसँग नाचगान गरि तीज मनाएका थिए । तर यस पटक भने सो अवसरबाट संघका पदाधिकारी र महिला खेलाडी बिमुख रहे ।

यतिबेला खेलाडीहरु आ–आफ्नै घरमा छन् । उपत्यकामा संक्रमण बढ्दो अवस्थामा छ । त्यसैले उनीहरु रमाईलो गर्न एक अर्काको घरसम्म पुग्ने र जमघट गर्ने अवस्था छैन ।

राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारीको शब्दमा यस पटकको तिज ‘बोरिङ तिज’ हो ।

घरपरिवार टाढा छ, साथीहरुसंग जमघट हुने अवस्था छैन । सोही कारण उनलाई यसपटकको तीज बोरिुङ लागेको छ ।

‘लकडाउनले गर्दा तीज रमाईलो हुन पाएन । परिवार नजिक छैनन् । साथीसंग जाने अवस्था छैन ।’ सावित्राले खेलपाटीसँग भनिन् ।

सावित्रा जस्तै एन्जिला तुम्बाप्पो सुब्वाको अवस्थापनि त्यस्तै छ ।

उनीपनि कोरोनाका कारण घरबाट निस्कन सकेकी छैनिन् । जाने ठाउँपनि छैन ।

‘रमाईलो गर्न त मन हुन्छ । तर समय यस्तो छ । यस्तो बेला कहाँ रमाईलो गर्न जानु ।’ एपीएफ क्लबकी जागिरे सुब्बाले भनिन् ।

महिला भलिबल टिमकी कान्छी खेलाडी उषा भण्डारीको यस पटकको तीज अन्य खेलाडीको भन्दा पृथक छ । उनी नजिकैको मामाघर पुगिसकेकी छिन् । दर खाने, ब्रत बस्ने र मामाघरमै रमाईलो गर्ने उषाको योजना छ ।

‘नजिकै मामाघर छ । यतै आएको छु । संयमित भएर तिज मनाउँछु ।’ उषाले भनिन् ।

नेपाल पुलिस क्लबमा आवद्ध उषाले कान्छी भलिबल खेलाडीको रुपमा आफुुलाई स्थापित गराएकी छिन् । गत बर्ष नेपालगञ्जमा सम्पन्न पीएम कपमा पुलिसले उपाधि हात पार्दा उषा वेस्ट प्लेयर घोषित भएकी थिईन् ।

कोही खेलाडीले भने तीजको समयमा हुने प्रतियोगिता सम्झिएर बसेका छन् । खासै तीज मनाउने नगरेकी प्रतिभा तीजको समयमा हुने भलिबल प्रतियोगितालाई सम्झिरहेकी छिन् । तीज भन्दापनि यस अवसरमा हुने भलिबल प्रतियोगिता छुटेको उनलाई विस्मात छ ।

‘तीज भन्दा पनि तीजको अवसरमा हुने प्रतियोगितामा ध्यान बढि हुन्छ । बच्चैबाट तीजमा प्रतियोगिता खेल्दै आएको हो । यस पटक खेल्न पनि पाएनौं ।’ चोटबाट मैदान फर्कन प्रयासरत प्रतिभा भन्छिन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP