• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
सदस्य सचिवको ‘पिक्चर’ क्लियर !
हिम बिक्रम केसी
बिहीबार, साउन ८, २०७७ हिम बिक्रम केसी
सदस्य सचिवको ‘पिक्चर’ क्लियर !

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले तीन जनाको नाम प्रस्ताव गरेसंगै नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

सिफारिस समितिबाट प्राप्त नाम सहितको प्रस्तावलाई खेलकुद मन्त्रालयले मन्त्रीपरिषद्को बैठकका लागि दर्ता गराएको छ । प्रस्ताव दर्ता भएसंगै प्रस्तावित तीन जनाको नाम बुधबार साँझ सार्वजनीक गरिएको हो । दर्ता अघि सिफारिसमा परेका तीनै जनाको नामलाई गोप्य राखिएको थियो ।

अब सदस्य सचिव नियुक्तिको बल प्रधानमन्त्रीको ‘कोर्ट’मा पुगेको छ । मन्त्रीपरिषद् अर्थात प्रधानमन्त्रीले सिफारिसमा परेका तीन जनाको नामबाट एक जनालाई राखेपको सदस्य सचिव नियुक्त गर्नेछन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वनयमा आएसंगै २०४८ को ऐन अनुसार नियुक्त भएका राखेपका पदाधिकारी पदमुक्त भए । सदस्य सचिवसंगै उपाध्यक्ष र बाँकी रहेका सदस्यहरुको नियुक्ति खारेज भयो ।

मन्त्रालयले सुरुवातमा ऐन जारी भएपनि राखेपका पदाधिकारीले आफ्नो बाँकी कार्यकाल पुरा गर्न पाउने बताएको थियो । तर प्रमाणिकरण भएर आउँदा ऐनले पदाधिकारीको बिषयमा स्पष्ट उल्लेख गरेन । खेलकुद मन्त्रालयले कानुन मन्त्रालयसंग राय माग्यो । कानुनले राखेपका पदाधिकारी पुनर्नियुक्ति गर्नुपर्ने सुझाव दियो । खेलकुद मन्त्रालयलाई सदस्य सचिवको नयाँ नियुक्ति गर्नुपर्ने देखियो ।

नयाँ ऐनले सदस्य सचिव नियुक्तिको फरक ब्यवस्था गरेको छ । पुरानो ऐन अनुसार खेलकुद मन्त्रीले सिधै सदस्य सचिव नियुक्ति गर्न पाउथे, तर नयाँ ऐनले खेलकुद मन्त्रालयका सचिव संयोजकत्वको तीन सदस्यीय समितिको सिफारिसमा मन्त्रीपरिषद्ले निर्णय गर्ने नयाँ ब्यवस्था गरेको छ ।

सोही अनुसार मन्त्रालयले सचिव रामप्रसाद थपलिया नेतृत्वमा दुई खेलकुदका बिज्ञ राखेर सिफारिस समिति गठन गर्यो । खेलकुद मन्त्री जगत विश्वकर्माले बिज्ञको रुपमा खेलकुद क्षेत्रमा लामो अनुभव बटुलेका पूर्व प्रशासक रिम रानाभाट र खेलकुदकी महिला नेतृ ईन्दिरा निरौलालाई सदस्यमा मनोनित गरे ।

सदस्य सचिव नियुक्तिको प्रक्रिया अबलम्बन गर्न सिफारिस समितिको पहिलो बैठक बस्यो । तीन जनाको नाम सिधै सिफारिस गर्ने कि खुल्ला प्रतिस्पर्धाबाट आवेदन लिने दुई विकल्प सिफारिस समिति समक्ष थियो । ऐनले सिफारिस समितिलाई छनोट प्रक्रियाको कार्यविधि तय गर्ने अधिकार दिएको छ ।

सोही अनुसार समितिले खुल्ला प्रतिस्पर्धाबाट छनोटको प्रक्रिया अघि बढाउने विकल्प तय गर्यो र सात दिने खुल्ला दर्खास्त आह्वान गर्यो । पहिलो पटक राखेपको सदस्य सचिव नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट हुने भयो । राखेपले पहिलो पटक सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट पाउने तय भयो ।

खुल्ला प्रतिस्पर्धामा खेल क्षेत्रसंग सम्बन्धित प्राविधिक र एकेडेमिक पृष्ठभूमीका २७ जनाले आवेदन दिन सुरु गरे । सबैको नजर भने निवर्तमान सदस्य सचिव रमेश सिलवालमा अडिएको थियो । राखेप, सिंहदरबारदेखि बालुवाटारसम्मै सिलवालकै नाम चर्चामा थियो । सिलवाल भने सुरुमा मौननै बसे । छलफलमा छु भने । तर दर्खास्त आह्वानको पाँचौ दिन सिलवालले आफ्नो निवेदन दर्ता गराए ।

सिलवालसंग भिडन्तमा उत्रिएका थिए, नेकपाका केन्द्रिय सदस्य लिलबहादुर थापादेखि खेलकुद महासंघका हर्ताकर्ता नेता मेघराज पौडेल । अझ निवेदन दिनेमा बालुवाटारसंग नजिकको सम्बन्ध दाबी गर्नेदेखि खेलकुद बिज्ञानमा पीएचडी गरेको हल्ला फिजाउनेसम्म थिए ।

अन्तिममा सबैले अनुमान गरेका तीन जनानै सदस्य सचिवका लागि सिफारिसमा परे । सिफारिसमा राजनीतिक प्रभाव र दलिय भागबण्डा प्रस्ट देखिएको छ । प्रधानमन्त्री र नेकपाको शक्ति समिकरण सदस्य सचिवको सिफारिसमा प्रतिबिम्बित हुन्छ ।

नयाँ अनुहारमा अन्जु श्रेष्ठ देखिन्छिन् । ऐनले एक जना महिला अनिवार्य गरेकाले अन्जुको नाम सिफारिस भएको बुझ्न कठिन छैन । तर नेपाली भलिबलकी पूर्व कप्तान रहेकी अन्जुको क्षमतामा प्रश्न गर्ने ठाउँ भने छैन । सदस्य सचिवको दौडमा शीर्ष तीनमा परेकी अन्जु घरेलु खेलुकदकी महिला नेतृको रुपमा अगाडी आउने सम्भावना देखाएकी छिन् । आगामी दिनमा नेपाली खेलकुदले अन्जुको भुमिका कुनै न कुनै रुपमा माग गर्नेनै छ ।

सिफारिसमा परेका अन्य दुई जना हुन्, रमेश सिलवाल र लिलबहादुर थापा ।

सदस्य सचिवमा २७ जनाको नाम पर्ने बित्तिकै खेलपाटीले ‘तीन जना हेभिवेट’ शीर्षकमा स्टोरी प्रकाशित गरेको थियो । जसमा सिलवाल र थापा रहेका थिए ।

दुई जनाको चर्चा गर्नुअघि तीन हेभिवेटमा छुटेका मेघराज पौडेलको सानो चर्चा गरौ ।

सिफारिस समितिको तीन जनामा पौडेल परेनन् । नेकपाको आन्तरिक राजनीतिमा पौडेल प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् । गृह जिल्ला झापाका पौडेलले खेलकुद राजनीतिमा ओली खेमाको नेताको रुपमा आफुलाई स्थापित गर्न प्रयासरत छन् । ओलीनै गृह जिल्ला, निर्वाचन क्षेत्र र गुटका पौडेल सदस्य सचिवमा सिफारिस हुने धेरैको अनुमान थियो, तर भएनन् ।

वर्तमान सरकारको राजनीति नियुक्ति झापाकै बाहुल्यता छ, पौडेललाई सदस्य सचिवमा लबिङ गर्नेमा झापाकै अगाडी देखिए । गृह जिल्लादेखि केन्द्रिय नेता, मन्त्रीमार्फत पौडेलले बालुवाटारसम्म कुरा पुर्याएका थिए । तर प्रस्तावित तीन जनामा पौडेल परेनन् ।

अर्थात बालुवाटारको स्पष्ट संकेत गर्यो, खेलकुदमा राजनीतिमा ओलीको लिगेसी तत्काल पौडेल हैन सिलवालले बोक्नेछन् ।

अर्थात खेलकुद महासंघ हैन, मदन भण्डारी स्पोटर््स एकेडेमीले बोक्नेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी अर्थात रमेश सिलवाल । जो यस एकेडेमीका संस्थापक अध्यक्ष थिए ।

उनै सिलवाल बालुवाटारको विश्वास सहित सदस्य सचिवको प्रस्तावित तीन जनामा अटाएका छन् । यसैले सिलवाल राखेप सदस्य सचिवको कत्तिको दाबेदार हुन् भन्ने संकेत गर्छ । प्रधानमन्त्रीमा ओली छन्, मन्त्रालय–पूर्व एमालेको छ । मन्त्री–ओली निकट छन् । अब सदस्य सचिव को हुन्छन् ? सबैको अगाडी छर्लङ्ग छ ।

अन्तिम लिलबहादुर थापाको कुरा ।

लिलबहादुर थापाको सिफारिस बुझ्न नेकपाको आन्तरिक समिकरण बुझ्न जरुरी छ । एमाले र माओबादीको गठजोड हो, नेकपा ।

लिलबहादुर पूर्व माओवादीको पोलिटब्युरो सदस्य हुुन् भने वर्तमान नेकपाका केन्द्रिय सदस्य हुन् । सदस्य सचिवका लागि निवेदन हाल्ने २७ जनामा लिलबहादुरको राजनीतिक वरियता सबैभन्दा माथि छ ।

एक जना महिला अनिवार्य भएको अवस्थामा थप दुई जनाको छनोट कठिन थियो ।

अब सिलवाल छुट्नै भएन, एक जना महिला समावेश गर्नै पर्यो अनि अर्को एक जनामा लिलबहादुरको विकल्प देखिएन । पाटी भित्रको आन्तरिक समिकरण मिलाउन समेत लिलबहादुरको सिफारिस अनिवार्य जस्तै थियो । नेकपाको हाइकमाण्डबाट समेत चासो राखिसकेपछि लिलबहादुर तीन जनाको सिफारिसमा पर्न सफल भए ।

तर लिलबहादुर राजनीतिक प्रभावले मात्र सिफारिसमा परे भन्दा उनीमाथि अन्याय हुन्छ । उनी तेकवान्दोदेखि भलिबलका खेलाडी हुन् । पदाधिकारी तहमा बसेर संघको नेतृत्व गरेका उनले दुई बिषयमा मास्टर्स सकेका छन् । खेलाडी, पदाधिकारी र राम्रो शैक्षिक योग्यताका आधारमा लिलबहादुर सिफारिसका हकदार रहेको छनोट समितिका सम्बद्ध अधिकारी बताउँछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP