• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
मैदान फर्कन कति सम्भव ?
नमीन ढकाल
बुधबार, असार ३१, २०७७ नमीन ढकाल
मैदान फर्कन कति सम्भव ?

काठमाडौं । सर्वोच्च अदालतबाट राज्यद्रोहको मुद्धामा सफाई पाएपछि तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापाले सामाजिक सञ्जालमा भनेका थिए, सत्यको जित भयो ।

अदालतले असार पहिलो साता विशेष अदालतको फैसला सदर गर्दै तत्कालिन कप्तान थापा सहित उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, विकास सिंह क्षेत्री, पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई राज्यविरुद्ध गरेको षड्यन्त्रको मुद्धामा सफाई दिएको थियो ।

अदालतबाट सफाई पाएपछि अहिले पूर्व कप्तान थापा आफुले गरेको मेहेनत र परिश्रमको मुल्यांकन कसले गर्दिने भन्दै सञ्चार माध्यममा सार्वजनिक अपिल गर्न थालेका छन् ।

उनले आफुविरुद्ध फिफा र एएफसीले लगएको प्रतिबन्धको कारबाहीमा एन्फाले अपिलमा सहयोग गर्नुपर्ने माग रेका छन् । थापा सहित अन्य खेलाडीले समेत राष्ट्रिय टिमबाट अन्तिम खेल खेल्न पाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि एन्फाले पहल गर्दिनु पर्ने बताउँदै आएका छन् ।

थापाको मागसंगै उनको समर्थकले समेत खेलाडीलाई एन्फाले मैदानमा फर्काउन पहल गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर, फिफा र एएफसीले लगाएको प्रतिबन्धको कारबाही फुकुवा नभएसम्म खेलाडी मैदान फर्कने सम्भावना रहदैन ।

यद्दपी एन्फाले प्रतिबन्ध फुकुवाका लागि पहल गरिदिन सक्छ । तर, के थापा सहितका खेलाडी पुन मैदान फर्कन सम्भव छ ? फिफा र एएफसीले लगाएको प्रतिबन्धको फुकुवा होला ? प्रश्न उठेको छ ।

पूर्व कप्तान थापा आफ्नो अभिभावक एन्फा भएको उल्लेख गर्दै आफुहरुको प्रतिबन्ध फुकुवा गर्न भुमिका खेल्दिनुपर्ने बताउँछन् ।

‘सम्मानित अदालतबाट सफाई पाईसकेको छौं । अव हामी फुटबलमा फर्कन, सक्रिय हुन एन्फाले अपिल गर्दिनु पर्छ,’ सन् २०१५ मा भारतसँग अन्तिम खेल खेलेका सागरले खेलपाटीसँग भने ।

फुटबलका विश्लेषकहरु भने प्रतिबन्ध फुकुवाका लागि खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्विटेसन (कास) मा जानुको विकल्प नरहेको बताउँछन् ।

‘अब खेलाडीले निलम्बन फुकुवाको लागि कास जानुनै उपयुक्त हुन्छ,’ फुटबल विश्लेषक संजिब मिश्र भन्छन् ।

विश्लेषक मिश्रका अनुसार कासमा जान खेलाडीको समय अवधि पनि सकिएको छ । कासमा मुद्धा लड्न खेलाडीको आर्थिक हैसियत धेरै बलियो हुन पर्छ । सामान्य मुलुकका संघ तथा खेलाडीको आर्थिक हैसियतले कासमा मुद्धा लड्न सम्भव देखिदैन ।

निलम्बनमा परेका खेलाडी कासमा नपुगेका हैनन् । तर मुद्धा लड्न उनीहरुले आफ्नो आर्थिक स्थितीले नभ्याउने अवस्था देखे । प्रतिबन्धको अपिल गर्न प्रति खेलाडी २० हजार अमेरिक डलर लाग्ने भएपछि खेलाडी पछि हटेका थिए ।

पुर्पक्षका लागि थुनामा रहेका खेलाडी हिरासतबाट बाहिर निस्किएको समय उनीहरुको एएफसीमा अपिल गर्ने समय सकिएको थियो । एएफसीले कारबाही गरेसंगै अपिलका लागि खेलाडीलाई १० दिनको समय उपलब्ध गराएको थियो ।

‘कासमा पनि बुझेका हौ । ठुलो मात्रामा पैसा चाहिने रहेछ । जबकी त्यो पैसा दिन हाम्रो क्षमतानै छैन,’ सागर भन्छन् ।

‘हामीलाई डकुमेन्ट लगायतका सामान दिन थोरै समय थियो । हामीले समयमै कासमा अपिल गर्न पाएनौं,’ उनी थप्छन् ।

७२ साल असोज २७ गते प्रहरी अपराध महाशाखाले विभिन्न देशसँग म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान थापा सहित ६ जना खेलाडीलाई पक्राउ गरेको थियो ।

७५ साल जेष्ठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नेपालमा नभएको भन्दै सफाई दिएको थियो । लगत्तै खेलाडीलाई राज्यविरुद्ध कसूर मुद्धा चलाईएको थियो ।

एएफसीले पेश गरेको प्रमाणका आधारमा प्रहरीले सन् २००८ देखि नेपालले खेलेका अन्तराष्ट्रिय म्याचमा पैसा लिएको र जानेर खेल हारेको तथ्य भेटिएको भन्दै खेलाडीलाई पक्राउ गरेको हो । खेल मिलेमतोमा खेलाडीले प्रति खेल ५ हजार डलर लिने गरेको पनि प्रहरीले दाबी गरेको थियो ।

अदालतबाट सफाई पाएसँगै थापा सहितका खेलाडीले एन्फालाई समेत अपिलका लागि अनुरोध गरेका छन् ।

‘हामीले एएफसी र फिफामा अपिल गरिदिन एन्फालाई पनि भनेका छौं । सकारात्मक कुरो आएको छ,’ थापा भन्छन् ।

खेलाडीहरु फुटबल संघले आफुहरुको अभिभावकको भूमिका निर्वाह नगरे अदालत जाने तयारीमा छन् ।

‘हाम्रो अभिभावक भनेकै फुटबल संघ हो । फुटबल संघलेनै खेलाडीको हितमा नबोले अदालत जान बाध्य हुन्छौं,’ सागरले भने ।

‘एन्फाले जबसम्म हेर्दैन, तबसम्म हाम्रो कुनै आधारनै छैन । बाहिर पनि फुटबल संघको अपिलपछि खेलाडीलाई आजिवन प्रतिबन्धबाट फुकुवा भएर ५–१० वर्षको लागि मात्रै प्रतिबन्ध भएका मुद्धा छन् । म्याच फिक्सिङ गरेको तथ्य नहुँदा हामीलाई किन आजिवन प्रतिबन्ध गरेको हो, यो कुरा जटिल छ । यसमा एन्फाले पनि खेलाडीको हितमा बोल्नुपर्छ ।’ उनी भन्छन् ।

फुटबल विश्लेषक मिश्र भने म्याच फिक्सिङको विषयमा फुटबल संघले नभएर सम्बन्धित पीडितले नै मुद्धा लड्नु पर्ने बताउँछन् ।

‘म्याच फिक्सिङको मुद्धा खेलाडी स्वयमले लड्ने हो । सम्बन्धित पीडित नै मुद्धा लड्नुपर्छ । यस्तो स्थितिमा एफएले मुद्धा लड्न पाउँदैन,’ मिश्रले भने ।

We are innocent, says Sagar Thapa - The Himalayan Times
म्याच फिक्सिङको मुद्धालाई नजिकबाट हेरिरहेका एक अधिकरीले देशका म्याच फिक्सिङ सम्बन्धि कानुन नभएको अवस्थाले खेलाडीले अदालतबाट सफाई पाएको बताउँछन् ।

‘उनीहरुले फिक्सिङ गरेको हैन भनेर अदालतले भनेको हैन । फिक्सिङ सम्बन्धि कानुन नभएर मात्र खेलाडीले सफाई पाएका हुन्,’ उनले भने ।

खेल मिलेमतो सम्बन्धि कानुन नभएको भन्दै खेलाडीले सफाई पाउने अवस्था बनेपछि सरकारले नयाँ खेलकुद विकास ऐनमा म्याच फिक्सिङ गर्नेलाई दण्ड सजाय सहितको ऐन कार्यान्वयनमा ल्याएको छ । तर नयाँ ऐनले पुरानो मुद्धा आकर्षित हुने छैन ।

अदालतबाट सफाई पाएपनि खेलाडीमाथि फिफा र एएफसीले लगाएको आजिवन प्रतिबन्ध यथावत छ । फुटबलका सर्वोच्च निकायले कारबाही फुकुवा नगरे पूर्व कप्तान थापा सहितका खेलाडी फुटबलमा फर्कने सम्भावना समाप्त हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP