• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अनिच्छाएको कार्यवहाक !
खेलपाटी संवाददाता
मंगलबार, असार २३, २०७७ खेलपाटी संवाददाता
अनिच्छाएको कार्यवहाक !
कार्यवहाक सदस्य सचिव ढकाललाई शुभकामना दिदै राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा । फोटो : लोकेन्द्र बस्नेत / राखेप

काठमाडौं । भक्तबहादुर ढकालले सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवहाक सदस्य सचिवको जिम्मेवारी पाए । युवा तथा खेलकुद मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख रहेका ढकाललाई मन्त्रालयले परिषद्को कार्यवहाकको जिम्मेवारी सुम्पिएको छ ।

ढकाल आफै भने परिषद्को कार्यबहाक जिम्मेवारीमा जान चाहदैन थिए । उनले मन्त्री र सचिवसंग परिषद् नपठाउन आग्रह समेत गरेका थिए ।

परिषद्कै सिनियर कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने उनको राय थियो । तर परिषद्को कार्यकारी प्रमुख रिक्त रहेको अवस्थामा मन्त्रालयलाई कार्यवहाक तोक्नुपर्ने दबाब थियो । ढकालको अनुनय र आग्रहलाई मन्त्री र सचिवले मानेनन् ।

परिषद्को सदस्य सचिव नेपाली खेलकुदको लोभलाग्दो पद हो । सदस्य सचिवको नियुक्ति पाउन सत्तारुढ दलका नेता, कार्यकर्तामा हानाथापनै हुने गर्छ । राजनीतिक नियुक्ति हुने भएकाले सत्तारुढ दलमा शीर्ष नेताका दैलोमा आकांक्षीको भिड लाग्ने गर्छ ।

नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै सदस्य सचिव रमेश सिलवाल सहितका परिषद्का पदाधिकारी पदमुक्त भए । ऐन अनुसार नयाँ नियुक्ति प्रक्रिया थाल्नुपर्ने देखिएको छ । रिक्त स्थानमा मन्त्रालयले संघीय निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम् कर्मचारीलाई कार्यवहाक तोक्ने ऐनमा ब्यवस्था छ । सोही अनुसार मन्त्रालयले ढकाललाई जिम्मेवारी दिएको हो ।

भर्खरै मन्त्रालयमा सरुवा भएर आएका ढकाल शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयबाट आएका हुन् । नेपाल सरकारका सह–सचिव स्तरका कर्मचारी ढकाल निजामती करियरको अन्तिम समयतिर छन् । पश्चिम नेपालको सुर्खेत स्थायी घर भएका ढकाल बर्ष दिनमा अवकासमा जादैछन् । निजामती करियरको अधिकांश समय ढकालले मोफसलमै बिताए । विवाद र जोखिमबाट टाढै बस्न रुचाउने स्वभावका ढकाललाई करियरको अन्तिम समयतिर परिषद्को कार्यवहाकको जिम्मेवारी आईलागेको छ । उनलाई यही कार्यवहाक ‘गलपासो’ जस्तो बनेको छ ।

यसका केही खास कारण छन् । आर्थिक बर्षको अन्तिम महिना चलिरहेको छ । सरकारी कार्यालयमा बर्षभरीको हिसाब किताब ‘क्लियर’ गर्नुपर्ने चाप छ । परिषद्ले चालू आर्थिक बर्षमा १३ औं साग खेलकुद आयोजना गर्यो । पूर्वाधार र आयोजनाको ठुलो रकम भुक्तानी गर्नुपर्नेछ । स्विकृतीका लागि आएका फाईलहरु अध्ययनको क्रममा छन् । असार मसान्त सकिन हप्ता दिनमात्र बाँकी रहेको अवस्थमा ठुला आर्थिक दायित्वको जोखिम उठाउन सरकारका कुनैपनि कर्मचारी तयार हुदैनन् । यस्तो अवस्थामा ढकालले कार्यवहाकको जिम्मेवारी पाएका छन् ।

परिषद्को सदस्य सचिव राजनीतिक नियुक्तिको पद हो । परिषद्का प्राय आर्थिक क्रियाकलापमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने गर्छ । राजनीतिक नियुक्ति आएका व्यक्तिले उजुरी, आरोप र अख्तियार ‘फेस’ गर्न सक्छ । तर कर्मचारी स्तरका ब्यक्ति यस्तो जोखिम उठाउन चाहैनन्, हिड्न चाहदैनन् । जिम्मेवारीमा खरो रुपमा नउत्रदा असक्षमको आरोप लाग्ने डर, अघि बढौ अख्तियार धाउनुपर्ने क्रास । निजामती करियरको उत्तरार्धमा रहेका ढकाललाई कार्यवहकको जिम्मेवारी ‘गलपासो’ बनेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP