एजेन्सी । इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' कार्यक्रम स्थगित भएको छ ।
चीनबाट विश्वभर फैलिएको कोरोना भाईरसको कारण हल अफ फेम कार्यक्रम स्थगित गरिएको हो ।
प्रिमियर लिगले हल अफ फेम कार्यक्रम मंगलबार आयोजना गर्ने तयारी गरेको थियो । तर, कोरोनाले महामारीको रुप लिएपछि तत्कालको लागि स्थगित गरिएको हो ।
प्रिमियर लिगले दुई पूर्व खेलाडीलाई हल अफ फेमबाट सम्मान गर्ने जनाएको थियो । प्रिमियर लिगले औपचारिक रुपमा सम्मानित हुनेको नाम भने सार्वजनिक गरिएको छैन । तर, एलन शियरर र थियरी हेनरी हल अफ फेमबाट सम्मानित हुने बताईएको छ ।
हल अफ फेम कार्यक्रम अप्रिल पछि आयोजना गरिने प्रिमियर लिगले जनाएको छ ।
कोरोनाको कारण बेलायतमा आगामी अप्रिल ३ सम्मका लागि सबै खेलकुद गतिविधि बन्द गरिएको छ ।