एजेन्सी । स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाँचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका छन् ।
७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन् । तर,आफ्नो अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।
'मलाई सामान्य फ्लुको लक्षण मात्र महसुस हुन्छ,' उनले भनेका छन् ।
कोरोनाको कारण स्विजरल्याण्डमा अहिले सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ ।
स्विजरल्याण्डमा अहिले कोरोनाको संक्रमण २ हजार बढी पुगिसकेको छ ।