एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले लिभरपुल स्टार साडियो मानेलाई अनुबन्धन गर्न चाहेको बताएको छ ।
रियलले मानेका प्रतिनिधिसंग कुराकानी गर्दै यस समर ट्रान्सफरमा अनुबन्धन गर्न चाहेको बताएको हो ।
रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान २७ बर्षिया फरवार्डका प्रशंसक हुन् । जिदान समेत मानेलाई अनुबन्धन गर्न धेरै उत्सुक छन् ।

केलियन एम्बाप्पेलाई लामो समयदेखि रियल मड्रिडले पछ्याईरहेको छ । पछिल्लो समय युरोपमा उदाएका ईर्लिङ हाल्याण्डमा समेत रियलले आखाँ लगाईरहेको छ । तर १३ पटक च्याम्पियन्स लिग जितेको क्लब लिभरपुल स्टार मानेलाई यसै समरमा अनुबन्धन गर्न चाहेको हो ।
एनफिल्डमा मानेको प्रर्दशनले रियल लोभिएको छ । केही सिजन अघिमात्र जिदानले मानेलाई अनुबन्धन गर्न क्लबलाई सुझाएका थिए । तर मानेको बिषयमा दुवै क्लबबीच कुनैपनि सहमती बन्न सकेन ।
लिभरपुलसंग मानेको अझै तीन बर्षको सम्झौता बाँकी छ । तर मड्रिड क्लब करिब १ सय ४० मिलियन पाउण्डमा मानेलाई अनुबन्धन गर्न सकिनेमा विश्वस्त छ ।

प्रस्तावित रकमले ८८ मिलियन पाउण्डको कीर्तिमान तोड्ने विश्वास रियलको छ । रियलले गत सिजन लण्डन क्लब चेल्सी स्टार ईडेन हजार्डलाई सो रकम तिरेको थियो ।
हजार्डको आगमनसंगै रियल युरोपेली फुटबलमा पुन जम्ने अपेक्षा गरिएको थियो । तर हजार्डको निरन्तरको चोट र स्थिर प्रर्दशन दिन नसक्दा स्पेनिस क्लब निराश छ ।
मानेले लिभरपुलमा राम्रो समय बिताई रहेका छन् । २७ बर्षिया फरवार्डले १८ गोल गर्नुका साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । उनले यस सिजन लिभरपुलका लागि ३८ म्याच खेलको छन् ।