एजेन्सी । एफए कप फुटबलको क्वाटरफाइनल 'ड्र' सार्वजनिक भएको छ ।
इन्ग्लिश फुटबल एसोसियसनले सार्वजनिक गरेको 'ड्र' अनुसार सेमिफाइनल प्रवेशका लागि साविक विजेता म्यानचेस्टर सिटीले न्युकासलसँग खेल्नेछ ।
यस्तै चेल्सीले लेष्टर सिटीको सामना गर्दा आर्सनलले सेफिल्ड युनाइटेडसँग खेल्नेछ ।
नर्विचले म्यानचेस्टर युनाइटेड र डर्बीबीचको विजेतासँग खेल्नेछ ।
क्वाटरफाइनल खेल २१ र २२ मार्चमा हुनेछ ।