एजेन्सी । म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
सिटीको जितमा सर्जियो अग्युरोले खेलको ५३ औं मिनेटमा विजयी गोल गरे ।
साविक विजेताले पहिलो हाफमा खासै राम्रो आक्रमण बुन्न सकेन ।
चालू सिजन अग्युरोको २३ औं गोल पुरा गरेका छन् ।
पेप ग्वार्डिओलाको टिमले जेम्स पार्कमा न्युक्यासल युनाईटेडसंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
यस्तै टोटनहमलाई नर्विचले पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराएर क्वार्टरफाईनलमा स्थान पक्का गरेको छ ।
लेष्टर सिटीले बिर्मिंहमलाई १-० ले हराएको छ ।