काठमाडौं । रानीपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाडेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार आरसिटीले श्री भगवती क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
बराबरीसँगै आरसिटीले ३ खेलमा २ अंक जोडेको छ । आरसिटीको लिगमा यो दोस्रो बराबरी हो ।
श्री भगवतीले ३ खेलमा ४ अंक जोडेको छ । श्री भगवतीले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।