काठमाडौं । उप मेयर कप महिला फुटबल लिग चैत पहिलो साताबाट आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले लिग चैत ३ देखि १३ सम्म आयोजना हुने जनाएको छ ।
१० दिन चल्ने लिग धरानको धरान रंगशालामा हुने एन्फाले जनाएको छ ।
प्रतियोगितामा तीन विभागीय टिमसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
रुपन्देहीमा भएको उपमेयर कप महिला लिगबाट छनोट भएका ४ टिमलाई प्रतियोगितामा समावेश गरिएको हो ।
प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका, विराटनगर महानगर, चौदण्डी नगरपालिका र वालिङ नगरपालिकाले खेल्ने छन् ।
प्रतियोगिता डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
लिगको विजेताले १५ लाख प्राप्त गर्नेछन् । उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथोले ३ लाख पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको खेल तालिका एन्फाले बिहिबार सार्वजनिक गर्ने जनाएको छ ।