काठमाडौं । आयोजक सुदुरपश्चिम-११ का बिक्रम सिंह ठकुरी चौंथो संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्वोकृष्ट खेलाडी चुनिएका छन् ।
धनगढी रंगशाला मंगलबार सकिएको प्रतियोगितामा सुदुरपश्चिमका बिक्रम सर्वोकृष्ट घोषित भएका हुन् ।
थ्री स्टारविरुद्धको फाइनलमा उनले निर्णायक गोल गरेका थिए । प्रतियोगिता भर उनले ५ गोल गरेका थिए ।
सर्वोकृष्ट खेलाडी बनेका बिक्रमले बेनेली मोटरसाईकल प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड सुदुरपश्चिमका बिक्रम सिंह ठकुरी, गोलकिपर थ्री स्टारका पूर्ण चेम्जोङ, मिडफिल्डर थ्री स्टारका सुशील राई, डिफेन्डर सुदुरपश्चिमका धन बहादुर थापा चुनिए ।
यस्तै उदयमान खेलाडी सुदुरपश्चिमका विष्णु चौधरी र उत्कृष्ट प्रशिक्षक सुदुरपश्चिमकै रोहित भण्डारी चुनिए ।
व्यक्तिगत विधाका उत्कृष्टले जनही १५/१५ हजार प्राप्त गरे ।
मंगलबार भएको फाइनलमा थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बनेको थियो ।





