काठमाडौं । एसियन गेम्स फुटबलमा नेपाल भियतनामसंग पराजित भएको छ ।
समुह चरणको दोस्रो खेलमा नेपाली टोली भियतनामसंग २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा एक गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो ।
खेलको ३१ औ मिनेटमा गुएनले गोल गर्दै भियतनामलाई सूरुवाती अग्रता दिलाएका थिए ।
खेलको ६४ औ मिनेटमा फान भान डकले गोल गर्दै भियतनामको जित सुनिश्चित गरे ।
याेसगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना गणितिय रुपमा मात्र बाँकी छ ।
नेपालले पाकिस्तानलाई राम्रो गोल अन्तरले पराजित गरेको खण्डमा नेपाल अघिल्लो चरण प्रवेश गर्न सक्नेछ ।
प्रतियोगिताका ६ समुह मध्य तेस्रो हुने उत्कृष्ट ४ टोली समेत अघिल्लो चरण पुग्नेछन् ।
समुह चरणको पहिलो खेलमा नेपाल जापानसंग १–० ले पराजित भएको थियो ।
समुह चरणको अन्तिम खेलमा नेपालले अब पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।