एजेन्सी । स्पेनिस ला लिगा फुटबलको खेलहरु स्पेनबाहिर समेत हुने भएको छ । ला लिगाले बिहिबार युरोपबाहिर लिग खेलहरु खेलाउने सम्झौता भएको जनाएको छ ।
ला लिगाले यो सिजनबाट अमेरिका र क्यानाडामा ला लिगाको लिग खेल आयोजना गर्ने निर्णय गरेको हो । ला लिगाले स्पोर्ट्स र मनोरञ्जन कम्पनि रिलिभेन्ट स्पोर्ट्ससंग १५ बर्षे सम्झौता गरेको छ । नर्थ अमेरिकाको फुटबल विकासको लागि ला लिगाले यो सम्झौता गरेको बताईएको छ ।
सम्भवत यो सिजनको सुरुवाती खेल अमेरिकामा हुनेछ । तर, बार्सिलोना र रियल मड्रिडबीच हुने एल क्लासिको भने तत्काल युरोप बाहिर नहुने बताईएको छ ।
सम्झौतासंगै अमेरिका वा क्यानाडामा प्रत्येक सिजन कम्तिमा एक ला लिगा खेल हुनेछ ।
अमेरिकाको उक्त कम्पनिले अमेरिकामा प्रि सिजनको लागि इन्टरनेसनल च्याम्पियन्स कप गराउदै आएको छ ।
यसअघि इन्ग्लिश प्रिमियर लिगले पनि इंग्ल्यान्ड र वेल्स बाहिर प्रिमियर लिगको एक खेल खेलाउनेबारे छलफल गरेको थियो ।