काठमाडौं । भुटानमा जारी दोस्रो संस्करणको साफ यू-१५ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भारतबीचको खेल केहीबेर अघि सुरु भएको हो । नेपाल र भारत दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान प्रवेश गरेका छन् । किनकी बिजेताले फाइनलमा स्थान बनाउने छन् ।
समूह बी मा रहेको नेपाल समूह उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत भने समूह ए को बिजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो खेलमा नेपालले पाकिस्तानलाई ४ - ० ले हराएको थियो । तर, नेपाल दोस्रो खेलमा बंगलादेशसंग ३ - ० ले पराजित भएको थियो ।
यस्तै प्रतियोगिताको अर्को सेमिफाइनलमा समूह बी को बिजेता बंगलादेशले समूह ए को उपबिजेता भुटानसंग खेल्ने छ ।