एजेन्सी । युरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलो लेगमा प्रिमियर लिग क्लब वुल्भ्सले फराकिलो जित निकालेको छ ।
बिहिबार राति भएको खेलमा वुल्भ्सले स्पेनिस क्लब स्पानियोललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा वुल्भ्सको जितमा डिओगो जोटाले ह्याट्रिक गरे । रुबेन नेभेसको नाममा एक गोल रह्यो ।
जितसँगै वुल्भ्स युरोपा लिगको अन्तिम १६ नजिक पुगेको छ । अब दुई टोलीबीचको दोस्रो लेग स्पानियोलको मैदानमा हुनेछ ।

युरोपा लिगको अन्तिम ३२ अन्तर्गतकै पहिलो लेगमा स्पेनिस क्लब गेटाफेले आयाक्सलाई २-० ले हराएको छ । इटालियन क्लब रोमाले जेन्टलाई १-० ले पराजित गर्दा बायर लिभरकुसेनले पोर्टोलाई २-१ ले हराएको छ ।
स्पेनिस क्लब सेभिया भने क्लुजसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।