काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द रहेको पर्सिजा जकार्ता इस्ट गभर्नर्स गोल्डकपको फाइनलमा पराजित भएको छ ।
बिहिबार भएको फाइनलमा १० खेलाडीमा सिमित पर्सिजा पर्सेबयासँग ४-१ गोल अन्तरले पराजित भएको हो ।
पर्सेबयाको जितमा पर्सेबया, मकन कोनाटे, रिकी काम्बुया र महमुद इदले एक एक गोल गरे । पर्सिजाको मार्को सिमिकले एक गोल फर्काए ।
यस्तै खेलको पहिलो हाफमा रयोजी उतोमोले रातो कार्ड पाएपछि पर्सिजा १० खेलाडीमा समेटिएको थियो ।
इन्डोनेसियन शीर्ष लिग सुरु अघि इस्ट गभर्नर्स गोल्डकप हुने गर्छ ।
