काठमाडौं । हेटौडाको एफसीबीवाईसी क्लब राइनो गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा झापा-११ लाई ६-१ गोलको भारी अन्तरले पराजित गर्दै एफसीबीवाईसी अन्तिम आठमा प्रवेश गरेको हो ।
एफसीबीवाईसीको जितमा विदेशी खेलाडी विसु ओलालेकान हम्जातले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिसुब थपलिया र अलिश तामाङले एक एक गोल गरे । झापाका रोमन भुजेलले एक गोल फर्काए ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

