काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहिद स्मारक 'ए' डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै फिफाले मछिन्द्रलाई बधाई तथा शुभकामना सन्देश पठाएको हो ।
फिफाले क्लबको कडा मेहेनत, धैर्यता र प्रतिबद्धताको कारण मछिन्द्रले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ ।
यस अघि मछिन्द्रलाई एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडेरसन (एएफसी) ले पनि बधाई दिएको थियो ।
शनिबार सम्पन्न लिगमा त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो । फाइनल सरह रहेको लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १-० ले हराएको थियो । त्यहिँ जितले मछिन्द्र च्याम्पियन बनेको थियो ।
