काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको उद्घाटन खेलमा ब्वाईज युनियन र श्री कुमारी क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा ब्वाईज युनियन र श्री कुमारी भिड्ने भएका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल फागुन ११ गते हुनेछ । लिग चैत २३ गते सकिनेछ ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।
यस पटक श्री कुमारी, ब्वाईज युनियन, श्री भगवती क्लब,टुसाल क्लब,खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसियसन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
खेल तालिका :

