• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सरस्वती 'बी' डिभिजनमा घटुवा
खेलपाटी संवाददाता
सोमबार, माघ २७, २०७६ खेलपाटी संवाददाता
सरस्वती 'बी' डिभिजनमा घटुवा

काठमाडौं । सरस्वती युथ क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलबाट 'बी' डिभिजनमा घटुवा भएको छ ।

सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सोमबार १२ औं चरणको खेलमा च्यासल युथ क्लबसँग २-१ गोल अन्तरले पराजित हुँदै सरस्वती 'बी' डिभिजन लिगमा घटुवा भएको हो ।

नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा पराजित भएपछि सरस्वती लिगको एक खेल बाँकी रहदै घटुवा भएको हो । 

सरस्वतीबाहेक अन्य टोली अब घटुवा हुने छैनन् । अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने प्रावधान बनाएको थियो ।

क्लबको इतिहासमा सरस्वती दोस्रो पटक घटुवा भएको हो । बिस २०६३ सालमा पहिलो पटक 'ए' डिभिजन लिग खेलेको सरस्वती त्यहिँ वर्ष 'बी' डिभिजनमा घटुवा भएको थियो । सरस्वती बिस २०६८ यता भने लगातार शीर्ष लिग खेलिरहेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासललाई जित दिलाउन जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए  ।

खेलको १८ औं मिनेटमा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सरस्वतीका बुसारीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

खेलको म्यान अफ दि म्याच च्यासलका नाकामुरा चुनिए ।

च्यासलसँगको हारसँगै सरस्वतीले १२ खेलमा ४ अंक जोड्यो । लिगको अन्तिम खेल जितेपनि सरस्वतीले पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफलाई पछि बनाउन सक्ने छैनन् ।

एपीएफको ८ अंक रहेको छ । एपीएफले सोमबार नै फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो ।

अब सरस्वतीले लिगको अन्तिम खेलमा संकटा क्लबसँग खेल्नेछ ।  

सरस्वतीलाई पराजित गरेसँगै च्यासल भने १५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

के भन्छन् प्रशिक्षक ?

घटुवा भएपछि सरस्वतीका सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले टिमको स्ट्राइकर राम्रो नहुँदा घटुवा हुनु परेको बताए ।

'मैले बारम्बार भन्दै आएको छु टिमको स्ट्राइकर कमजोर छ । हाम्रो टिमको स्ट्राइकर कमजोर हुँदा नै घटुवा भएका छौँ । जसको कारण खेल बिग्रियो । हाम्रो सबै पक्ष राम्रो छ तर फरवार्डमा समस्या रह्यो,' उनले भने ।

यस्तै प्रशिक्षक नेपालले टिमलाई जिताउन आफुले सक्दो प्रयास गरेको बताए ।

च्यासलका प्रशिक्षक बाल गोपाल साहुखलले रेफ्रीको भूमिकामा प्रश्न उठाए ।

'खेल राम्रो भयो, समग्रमा राम्रो खेल्यो केटाहरुले। तर, खेल रेफ्रीको कारण धेरै डिस्टर्ब बन्यो,' उनले भने, 'सिजनको सुरुवातबाटै रेफ्रीको स्तर कम स्तरको थियो ।'

यस्तै उनले टिमको शीर्ष ६ निकै कठिन रहेको समेत बताए ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP