एजेन्सी । उत्कृष्ट कमब्याक जित सहित ईन्टर मिलानले सिरि ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
आईतबार राति मिलान डर्बीमा एसी मिलानलाई पराजित गर्दै ईन्टरले ४–२ को जित निकालेको छ ।
खेलको ४० औ र ईन्जुरी समयमा गोल गर्दै क्रमश एन्ट रेबिक र ज्लाटन ईब्राहिमोभिचले एसी मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा लगातार चार गोल गर्दै ईन्टर तालिकाको शीर्ष स्थानमा उक्लियो ।
घरेलु टोली ईन्टरका मार्सेलो ब्रोजोभिक र मटियास भेकोनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । डी भ्रिज र रोमेलु लुकाकुले हेडमार्फत लगातार दुई गोल गर्दै ईन्टरलाई प्रभावशाली जित दिलाए ।

शीर्ष स्थानका उक्लिएको ईन्टर भने लिगको १६ खेलमा अपराजित छ । उसले आगामी बुधबार नापोलीसंग प्रतिस्पर्धा गर्दैछ ।
ईन्टर ५४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्ससंग अंक बराबरी भएपनि गोल अन्तरका आधारमा ईन्टरले शीर्ष स्थानमा कब्जा जमाएको हो ।
यस्तै, एसी मिलान पछिल्लो समय निकै फर्ममा छ । स्टेफानो पियोलीको नेतृत्वमा क्लबले पछिल्ला ११ खेलमा मात्र एक खेल गुमाएको छ । तर दोस्रो हाफमा सम्हालिन नसक्दा क्लब तालिकाको १० औं स्थानमा यथावत रहन गयो ।