काठमाडौं । प्रियिमर लिगको तालिका हेरौ ।
शीर्ष स्थानको लिभपुलको ७३ अंक छ । दोस्रो स्थानमा सिटी छ, उसको ५१ अंक छ । दुई क्लबबीचको दुरी २२ अंकको छ ।
लिभरपुल उपाधि यात्रामा निकै अगाडी छ । उसलाई भेट्नु धेरै हदसम्म कल्पना जस्तो लाग्छ सक्छ ।
लिभरपुललाई चुनौती दिनसक्ने भनेको दोस्रो स्थानको क्लबले हो । तर सिटी आफै आत्मसमर्पणको भावबाट गुज्रिरहेको छ ।
सिटीले आईतबार राति प्रिमियर लिगमा वेस्ट ह्यामसंग खेल्दैछ । प्रशिक्षक पेप ग्वार्डिओला झुट बोल्न चाहदैनन् ।
‘दुरी यति टाढा छ कि हामी अस्विकार गर्न सक्दैनौ । २२ अंकले पछाडी परेको कल्पना गर्न नि सक्दिन । तर यो नै वास्तविकता हो । हामीले यसलाई स्विकार गर्नूपर्छ र यसबाट शिक्षा लिनुपर्छ ।’ ग्वार्डिओला भन्छन् ।
सिटीसंग भिड्न लागेको वेस्ट ह्याम आफै रेलिगेशन जोनबाट बच्न संघर्षरत छ । तालिकाको पुछारबाट तेस्रोमा रहेको उसलाई रेलिगेशनको डरले थिचिरहेको छ । तर प्रशिक्षक डेबिड मोयस भने अझै राम्रो दिन आउनेमा विश्वस्त छन् ।
'तिमी अन्तिममा कहाँ हुन्छौ, त्यसैको अर्थ हुदैन । फेब्रुअरीको मध्यमा यो थाहा हुदैन । तिमीले आफ्नो उत्कृष्ट दियौ भने तिमी राम्रो स्थानमा हुनेछौ । तर तिमीले खेल जित्न पर्छ ।' उनले भने ।
सिटीका मुख्य फरवार्ड रहिम स्टर्लिङ चोटले थिलिएका छन् । उनी ह्यामस्टिङका कारण केही साता मैदान बाहिर रहनेछन् ।
उनले पछिल्लो खेलमा टोटेनहमबिरुद्व चोट बोकेका थिए । सोही खेलमा निलम्बनमा परेका डिफेन्डर ओलेक्सान्डर जिन्चेन्को समेत वेस्ट ह्यामबिरुद्व खेल्ने छैनन् ।
वेस्ट ह्याम फिलिप एन्डरसनको आगमनबाट खुसी छ । उनी भर्खरै मैदानमा अभ्यासमा फर्किएका हुन् ।
सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । वेस्ट ह्याम २४ अंक सहित १८ औं स्थानमा छ ।
आजै राति हुने अन्य खेलमा सेफिल्ड युनाईटेडले वर्नेमाउथसंग प्रतिस्पर्धा गर्नेछ ।